लागु ओषध खैरो हेरोइन सहित दुई जना पक्राउ


कञ्चनपुर : बेलौरी नगरपालिका वडा नं.–६ विद्यायानगर बाट सुपप्र ०२–००३ प ६७२४ नम्बरको मोटरसाइकल सहित शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बस्ने वर्ष २५ को महेश चौधरी र लालझाडी गाउँपालिका–२ बस्ने रण बहादुर चौधरीलाई खैरो हेरोइन सहित जिल्ला प्रहरी कञ्चनपुरले पक्राउ गरेको छ ।

चौधरीद्वयलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्दा लागु औषध खैरो हेरोइन १२.३५ ग्राम सहित पक्राउ परेका हुन । उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनु भयो ।


ताजा समाचार

spot_img