कञ्चनपुर : नेकपा विप्लव भीमदत्त नगर कमिटिका नेता कार्यकर्ताहरुले ब्रम्हदेब क्षेत्रमा भत्किएको कुषि सडक मर्मत गरेको छ । विप्लव भीमदत्त नगरका युवा नेता दिपेन्द्र सिह ऐरीले पानीले भत्किएको सडक मर्मतमा सरकारले वेवास्ता गरेपछि जनताको समस्याका मध्य नजर गर्दै सडक मर्मत गरिएको बताए ।

विप्लव भीमदत्त नगरका इन्चार्ज खडक सिह धामीले महामारीका बेला जनताको सुविधाका लागि पार्टीका तर्फबाट सडक मर्मत गरिएके बताए । चुरे र नदीखोला नालाको अनियन्त्रित दोहनले उत्तरी भेगमा बर्षातले विपद निम्त्याईरहेको छ ।







