कञ्चनपुर : कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका क्षेत्रबाट दैनिक खुलेयाम मोटो तस्करी भईरहेको छ । भारतबाट दोधारा-चाँदनी नाका भएर जतिबेलामा पनि तस्करी भईरहेको छ । तर, ठूला महातस्करलाई प्रहरीलाई मित्र मानेर छुट दिईरहेको छ । अहिले रोपाई खेतीका लागि टाउकोमा दुई चार किलो मलखाद ल्याउने किसानमाथि डण्डा बजाईरहेको छ ।


भारतबाट आएको मलखाद दोधारा-चाँदनी नगरपालिका क्षेत्रबाट भीमदत्त नगरपालिका १३ क्षेत्रका चार महिला किसानले घरयासी प्रयोजनका लागि ल्याईरहेका बेला इलाका प्रहरी कार्यालय इन्चार्ज भरत गिरीको नेतृत्वको प्रहरी टोलीले धरकपट गर्दै निन्त्रणमा लिएपछि उक्त घटनामा प्रहरीको चौतर्फि भत्र्सना गरिएको छ । सीमा क्षेत्रमा रहेको दोधारा प्रहरीले तस्कर समुहबाट मोटो रकम अशुलेर तस्करी गराउने तर, आफुहरु खेतीका लागि मल ल्याउँदा तस्कर भन्दै समान समातेर बरामद गरेको दुखेसो पोखेका छन । आफुहरुले घरखेतका लागि आधा बोरामा ल्याउँदा नियन्त्रणमा लिने प्रहरीले भारतबाट खुलेयाम तस्करी हुँदा किन नियन्त्रणमा लिएन ? अहिले दोधारा प्रहरी आलोचनाको हाँसोको पात्र बनेको छ । भारतबाट ठूलो परिमाणमा मलखाद एव अन्य व्यवसायिक समान ल्याउने तस्करबाट रकम अशुल्न पल्केको प्रहरीले निमुखा किसानमाथि गरिएको व्यवहार निन्दनिय भएको भन्दै रातीका तस्करलाई छुट त्यही तस्करबाट खरिद गरेर ल्याएको समान बरामद गर्ने कार्यबाट प्रहरीको कामको आलोचना भईरहेको छ । किसानका लागि सरकारले न समयमै मलखाद उपलब्ध गराउने व्यवसायीबाट खरिद गरेर ल्याएको समान बरामद गर्ने कार्यबाट प्रहरी लाईनका लागि उद्यत भएको किसानले बताएका छन ।


भीमदत्त नगरपालिका १३का वडाध्यक्ष लाल बहादुर शाहीले लकडाउनका बेला सरकारले किसानका लागि आपूर्ति गर्न नसकेको अवस्थामा आफ्नो वडाका चार किसानले भारतबाट नभई नेपाल (दोधारा-चाँदनी)बाट ल्याएको मलखादमाथि धरकपट गरिएको कार्यले प्रहरी किसानप्रति कठोर र तस्करप्रति नरम भएको बताए । ‘यो दृश्य परिघटनाले हाँस्यास्पद देखाएको छ, ‘प्रहरीले ठूला तस्करलाई छुट दिने राती काम गर्नेमाथि केही नगर्ने तर, दिउँसो एक व्यवसायीबाट खरिद गरेर ल्याएको मलखादमाथि धरपटक गर्र्दै आयो ।’ झोलुङ्गे पुल क्षेत्रबाट बरामद गरिएको उक्त मल प्रहरीले केही समयपछि फिर्ता गरेको छ । चौतर्फि रुपमा तस्करबाट रकम खाएर भारतबाट मलखाद ल्याउन दिने, अनि त्यही मलखाद नेपाली किसानले खरिद गरेर खेतीका लागि ल्याउँदा पक्राउ गर्ने कार्य लज्जास्पद र लाजलाई पनि लाज लाग्नुपर्ने भन्दै अध्यक्ष शाहीले दुखेसो पोखे । दोधारा प्रहरीले भने तस्करीको मलखाद भएकाले नियन्त्रणमा लिएको बताउँदै पन्छिन खोजेको छ ।







