महेन्द्रनगर : कोभिड–१९ को दोस्रो लहरले विश्वमहामारीकोरुप लिईसको छ । कोभिड–१९ को पहिलो लहरमा नेपालले मानविय क्षती नबेहोरेको भएता पनि अहिलेको कोभिड–१९ को दोस्रो लहरले नेपाललाई ठूलै मानविय क्षती पुगिरहेको छ । यसै क्रममा देशमा विभिन्न अस्पतालहरु प्रयाप्त स्रोतसाधन विना कोभिड–१९ संगको युद्धमा लागेका छन ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पतालले कोरोनासंग लडिरहेको छ । त्यसमा पनि महाकाली प्रादेशिक अस्पतालले प्रयाप्त स्रोतसाधनका बाबजद पनि धेरै कोरोनाका विरामीलाई मृत्यूबाट जागाएर घर फर्काउन सफल भयो भने सयौ कोरोना विरामीलाई भरपुर प्रयास गर्दापनि मृत्यूको मुखबाट जोगाउन असफल र¥यो ।


यसरी कोरोनाको दोस्रो लहरलाई परास्त गर्नकोलागि आफुसंग भएका स्रोत साधनको भरपुर सदुपयोग गर्दै हरप्रयास गरिरहेको महाकाली प्रादेशिक अस्पताललाई निजिक्षेत्र देखि सरकारी तवरबाट विभिन्न आर्थिक देखि लिएर विभिन्न स्वास्थ्य सामाग्रि सहयोग गरे । कोरोनाको दोस्रो लहरसंग लड्नकोलागि बाह्देव ज्यावन सेवा समाज कञ्चनपुरले पनि महाकाली प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान गरेको छ । शुक्रबार बाह्देव ज्यावन सेवा समाज कञ्चनपुरले अस्पताललाई तिन ओटा स्यानिटाईजर मेसिन, ३० लिटर स्यानिटाईजर उपलब्ध गराएको हो । बाह्देव ज्यावन सेवा समाज कञ्चनपुरका अध्यक्ष गोपाल धामीले अस्पताल व्यावस्थापन समितीका अध्यक्ष कृष्ण जोशी ९बोक्सर०लाई उक्त स्वास्थ्य सुरक्षा सामाग्रि हस्तान्तरण गरेका हुन । ज्यावन सेवा समाज कञ्चनपुरमा आवद्ध सबै परिपवारले रकम संकलन गरेर स्वास्थ्य सुरक्षा समाग्रि खरिद गरिएको समाजका अध्यक्ष धामीले बताए । समाजको तर्फबाट ठूलो सहयोग गर्न नसके पनि सक्दो सहयोग गरेको समजका अध्यक्ष धामीले बताए ।


उक्त स्वास्थ्य सामाग्रि बुझ्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी ९बक्सर०ले ज्यावन सेवा समाज कञ्चनपुरलाई धन्यवाद दिए । कोरोनाको दोस्रो लहरको सुरुवातदेखि नै अस्पताललाई सबैको साथ सहयोग रहेको कुरा स्मरण गर्दै महामारीमा साथसहयोग गर्ने दाताहरुलाई समेत धन्यवाद दिए । अध्यक्ष जोशीले दाताहरुले गरेको सहयोगबाट झण्डै एक करोड संकलन भएको र उक्त रकमलाई सही सदुपयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । स्वास्थ्य सामाग्रि हस्तान्तरण कार्यक्रममा ज्यावन सेवा समाज कन्चनपुरका अन्य पदाधिकारी , अस्पतालका व्यवस्थापन समितिका अन्य पदाधिकारी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।







