उल्टाखामबाट खैरो हिरोईन सहित दुई युवक पक्राउ


कञ्चनपुर:  कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाम क्षेत्रबाट लागु औषध सहित दुई युवक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उल्टाखाम क्षेत्रबाट लागु औषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको हो । बिहीबार साँझतिर उल्टाखामको पुजारा बोडिङ्ग स्कुल नजिक क्षेत्रबाट लागु औषध सहित भीमदत्त नगरपालिका १८ का अभय सिह र हरिस बोहरालाई २.०४ खैरो हिरोईन बरामद गरेको छ ।
३०बर्षिया सिह र बोहरा पक्राउ गरि प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा राखेको छ ।  यस अघि नै गोल्डन स्टेप युथ सेन्टरले उल्टाखाम बाँगफाटा क्षेत्रमा लागु औषध निषेधित क्षेत्र घोषणा गरेको छ । गाँउका युवाहरुले किशोर, युवा वयस्कलाई कुलतबाट जोगाउनका लागि लागु औषध सेवन जस्ता गतिबिधी समेत नियन्त्रण गर्दै आएको थियो । गाँउ बाहिरबाट आएका युवाहरुलाई प्रहरीले समातेको छ ।

ताजा समाचार

spot_img