कञ्चनपुर:भारतीय पक्षबाट नेपाली भूमिमै निर्माण भईरहेको हुलाकी सडक अवरोधपछि अन्र्तराष्ट्रिय सीमा सरोकार समुहले सडकको काम शुचारुको माग अघि सार्दै आएको छ । भारतीय पक्षले बेलौरी नगरपालिका ८ पचुई क्षेत्र मा निर्माण भईरहेको १२सय मिटर सडक कालोपत्रे गर्नमा अवरोध पु¥याएपछि सीमा सरोकार समुहले चासो दिदै शुचारुको माग अघि सारेको हो । सोमबार सीमा सरोकार समुहका पदाधिकारीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो सहितका सुरक्षा निकायका पदाधिकारीसंग भेटघाट गरेर १०दिन भित्र काम शुचारु नभई जनता आफै सडकमा उत्रेर काम गराउने उद्घोष गरेका छन । अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका सदस्य ओम प्रकास पन्तले उक्त सडक निर्माणमा नेपाली सशस्त्र प्रहरी बलबाटै गलत र संकास्पद भूमिका भएको आरोप लगाए ।

‘यो सडक हाम्रो आफ्नै भूमिमा निर्माण भईरहेको छ, ‘उनले भने, ‘भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप गर्दा विवाद देखाएर सशस्त्र प्रहरीले भारतमा गएर काम रोक्ने सहिछाप गरेकै कारण भारतीय पक्ष उत्साहित भएको रहेछ ।’ सशस्त्र प्रहरी कञ्चनपुरका प्रमुख बिरेन्द्र ऐरले उक्त सडकको विवाद बारे भारतीय पक्षसंग काम नगर्ने नगराउने विषयमा भारतीय पक्षस्रग लिखित सम्झौता गरेको बताएपछि आफुहरु चर्कित भएको सदस्य पन्तले बताए । ‘लौ हेर्नुहोस नेपाली भूमिमा भारतीय हस्तक्षेप हुँदा हाम्रा सीमा रक्षक सशस्त्र प्रहरी बलबाटै संस्कापद काम भएको रहेछ, ‘उनले भने, ‘सशस्त्र प्रहरीको संस्कापद भूमिकाको मौका उठाएर भारतीय पक्षले पटक पटक अवरोध गर्दैछ ।’ सदस्य पन्तले जसरी विगत द्वन्दकालमा भारतीय अधिकारीले नेपाली नापी टोलीलाई प्रभावमा राखेर जे जे भन्यो त्यही काम गरे जस्तै अहिले भारतीयले भने अनुरुप सशस्त्र प्रहरीले संकास्पद भूमिका निर्वाह गर्दाको परिमाण भएको बताए ।

१० दिन भित्र काम नभएर आन्दोलनको चेतावनी दिए । अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले पटक पटक भारतीय पक्षबाट सडक निर्माणमा हस्तक्षेप हुुँदा सरकारी निकायबाट ठोष पहल गरेर अवरोध गरिएको सडक शुचारुमा जोडदिए । सीमा सरोकार समुहका पदाधिकारीसंग कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले समस्या समाधान गरिने आश्वासन दिनुभयो । सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरीले विगतमा सडक निर्माणका भेला भारतीय पक्षबाट अवरोध हुँदा नेपाल तर्फ आन्दोलन असहज स्थिति रोक्नका लागि भारतीय पक्षसंग उच्च स्तरबाट सीमा विवाद टुङगो नलाग्दासम्म काम रोक्ने सहमती भएको बताए ।







