कोभिड अस्पताल बेल्डाँडीलाई काँग्रेस नेता विष्टद्वारा सहयोग


किशोर तमाङ्ग /कञ्चनपुर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा कोभिड १९ को उच्च जोखिम नयूनिकरण र रोकथामका लागि नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद दिवानसिंह विष्टले आफ्नो निर्वाचन क्षेत्रको बेल्डाँडी स्वास्थ्य चौकी स्थित कोभिड अस्पताललाई बेड सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

नयाँ भेरियन्टको कोरोना भाइरस कोभिड १९ को महामारी फैलिन नदिनका लागि सरकारले दोस्रो चरणको लकडाउन गरिएसँगै जिल्लामा कोरोना भाइरस नियन्त्रणका लागि बेड , पङ्खा लगायतका अत्यावश्यक सामाग्री साहायता जुटाउने अभियान सुरु गरेका छन् । जनताको स्वास्थ्यमा राहत पुग्ने स्वास्थ्य सामाग्री र उपकरण साहायता गर्दै आएका काँग्रेस नेता विष्टले कोभिड अस्पतालमा बिहीबार बेलडाँडी स्वास्थ्य चौकीमा सामाग्री हस्तान्तरण गर्दै भने ” चाहे जस्तोसुकै विपद्को बेला किन नहोस् आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई पर्ने हरेक दुःखमा म जनतासँगै छु र जनताको स्वास्थ्य सेवामा अलिकति भए पनि सहज बनोस् भनेर आफू खटेको काँग्रेस नेता तथा पूर्व सांसद विष्टले बताए।

जनताको पक्षमा रातदिन नभनी खटिने नेता बिष्ट गत बर्ष पनि कोभिड कहर बिच आफ्नो निर्वाचन क्षेत्रमा जनताको सुखदु:खमा जनताको अवस्था बुझ्दै स्वास्थ्य सामाग्रीको साथ जनताको घर दैलोमा पुगेका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img