कञ्चनपुर: कञ्चनपुरको उत्तरी चुरे भेगमा रहेको एक सामुदायिक वनमा बम फेला परेको छ । भीमदत्त नगरपालिका ३ तिलकपुर स्थित शहिद स्मृति सामुदायिक वनमा बम फेला परेको हो । वनमा फेला परेको उक्त बम बालबालिकाहरुले खेल्नका लागि गाँउमा ल्याएका थिए ।

गाँउमा स्थानीयले देखेपछि उक्त बम बारे स्थानीयले प्रहरी नेपाली सेनालाई खबर गरेका थिए । नेपाली सेनाले उक्त सामुदायिक वनमा तालिम गर्दै आएका बेला छुटेको बम बालबालिकाले मंगलबार फेला पारेर गाँउमा ल्याएका थिए । झण्डै ठूलो दुर्घटनाबाट जोगिएको भन्द ै स्थानीयले अब सचेततापुर्वक तालिम गर्न सेनासंग अनुरोध गरेको छ । विगतमा पनि सो क्षेत्रमा सेनाले तालिमका क्रममा गोली लागेर नागरिक घाईते, मृत्यु बरण भएको स्थानीय बताउँछन । तर, सेनाले उक्त बम बारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।







