प्रकाश दत्त भट्ट / कञ्चनपुर
महाकाली अस्पतालमा जडान अक्सिजन प्लान्ट स्थापना गर्नका लागि आह्वान गरिएको टेन्डरमा विवाद भए पछी उक्त टेन्डर खारेज गरिएको छ । कोरोना महामारीका बेला अक्सिनको आपुर्ति गर्नमा कठिनाई उत्पन्न भएपछी अक्सिजन प्लान्ट जडान गर्नका लागी अस्पतालले टेन्डर आह्वान गरको थियो । अक्सिजन प्लान्ट स्थापनाका लागी परेका तिन ओटा टेन्डरमा अस्पतालले माग गरेको मापदण्ड नपुगे पछी उक्त टेन्डर खारेज गरिएको अस्पतालले जनाएको छ ।
उक्त अक्सिजन प्लान्ट निर्माणका लागी सबै भन्दा कम स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजले १ करोड ७९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ९५ पैसा, बीआरटी इन्टरनेशनलले ३ करोड २६ लाख ५७ हजार र टेक्निकल एसोसियटले ३ करोड ६३ लाख रुपैया रकम राखेका थिए । यसमा सबै भन्दा कम रकम राखेका स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजले व्यवशाय दर्ता प्रमाणपत्र, स्वघोषणा पत्र पेश नगरेको र अस्पतालले मागेको अक्सिजन प्लान्टको क्षमता भन्दा कम क्षमताको र काठमाण्डौ सम्म मात्रै ल्याउने कुरा उलेख गरिएका यावत कमी कमजोरी समेत देखिएको तथा टेक्निकल एसोसियटको समेत प्रकृया नपुगेकोले कानुनी आधारमा बोलपत्र स्वीस्कृत हुन नसकेको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठले बताउनु भयो ।
यसै गरि बीआरटी इन्टरनेशनलले प्रकृया पुर्याएर आएको भए पनी तोकिएको समय भन्दा ढिलो निर्माण गर्ने शर्त राखेका कारण उनलाई समेत दिन नमिल्ने कुरा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेष्ठले बताए, यता महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले छोटो प्रकृया बाट काम गर्नु पर्ने भएकाले सात दिने सुचना जारि गरिएको भए पनी निवेदन परेका तिन फर्म मध्ये दुईको आवश्यक कागजपत्र नपुगेको र एक फर्मले समय बढी मागेका कारण उक्त सुचना अनुसार काम हुन नसकिएको बताउनु भयो । साथै उहाले यसमा विवाद गर्नु पर्ने कुनै कारण नभएको र अस्पतालले निमय कानुन अनुसार नै काम गरिरहेको समेत बताउनु भयो ।
स्थानीयहरुले भने महाकाली अस्पतालमा सधै विवादमात्र भई राख्ने र यस पटक पनी डेढ करोड रुपैयाँ बढी प्रस्ताव गरेको बीआरटी इन्टरनेशनललाई ठेक्का दिन खोजेपछि आर्थिक चलखेलको आशंका गरेका छन । महाकाली अस्पतालको
व्यवस्थापन पक्षको मिलेमतोमा बीआरटी इन्टरनेशनललाई टेण्डर दिन खोजिएको भए पनी स्थानीयहरुले विरोध गर्दा मात्र अहिले रद्द गरिउको समेत आरोप विद्यार्थी नेता ईन्द्र साउदले लगाएका छन ।
कञ्चनपुर अक्सिजन प्लान्ट निर्माण गर्न लामो समय लाग्ने देखिएपछि अहिले विश्व बैंकको सहयोग तथा यूएनओपीएसको व्यवस्थापनमा नेपाल सरकारलाई दिईएका ७ वटा प्लान्ट मध्ये सुदूरपश्चिम प्रदेशको अक्सिजन प्लान्ट महाकाली अस्पतालमा जडान गर्न समेत सम्भाव्यता अध्ययन भईरहेको छ । टेण्डर प्रकृयामा ढिलाई भए यूएनओपीएसको व्यवस्थापनमा निर्माण गरिने अक्सिजन पलान्ट छिटै निर्माण गरिने तयारी भएको समेत महाकाली अस्पतालले जनाएको छ ।






