कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरका युवा नेता, उद्यमी एव समाजसेवि ललित परिवारले विपन्न दलित समुदायका परिवारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेका छन । दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणका लागि दलित विपन्न समुदायका परिवारलाई परियारले स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको हो । मंगलबार एक कार्यक्रमका विच उनले बेदकोट नगरपालिका ५ र ६ नम्बर वडाका गरिब, विपन्न दलित समुदायका ४२ घर परिवारलाई स्वाथ्य सुरक्षा समाग्री वितरण गरेको छ ।

‘दलित एव विपन्न आर्थिक रुपमा विपन्न समुदायसंग स्वास्थ्य सुरक्षा समाग्री खरिद गर्न समस्या हुन्छ, ‘उनले भने, ‘घरबाट बाहिर जाँदा समेत स्वास्थ्य सुरक्षा समाग्री नहुँदा कोरोना जोमिख बढ्छ, सो रोकथामका लागि आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गरेको हुँ, ।’ सेनिटाईजर, मास्क, साबुन, हेडबास वितरण गरिएको हो । परियारले केही दिन अघि महाकाली अस्पतालमा अक्सिजन अभाव भएका बेला ३०थान सिलिण्डर दिएका थिए । गत बर्षपनि पनि स्वास्थ्य सुरक्षा समाग्री, खाद्यान्नका साथै अन्य सहयोग गरेका थिए । गाँउमै आएर स्वाथ्य सुरक्षा समाग्री वितरण गरेसंगै विपन्न समुदाय हर्षित भएका छन ।







