युवाहरुको ‘हेल्पीङ हेण्ड नेपाल’ अभियान अन्तर्गत कोभिड अस्पताल दोधारा चाँदनीलाई अक्सिजन कन्सरटेरर


दोधारा : हेल्पीङ हेण्ड नेपाल अभियान अन्तर्गत दोधारा चाँदनीका युवाहरुले कोराना संक्रमणको दोस्रो लहरले आक्रान्त भएको अवस्थामा कोभिड अस्पताल दोधारा चाँदनीले अक्सिजन कन्सन्ट्रेटर खरिद गरि हस्तान्तरण गरेका छन् । कोरोना संक्रमण संगै अक्सिजन अभावले ज्यान गुमाउनु पर्ने अवस्थालाई मध्यनजर राख्दै युवाहरुले केही दिन देखि हेल्पीङ हेण्ड नेपाल नामक अभियान संचालन गरि देश तथा बिदेशमा रहेका नेपाली दाजु भाईहरु संग सहयोग संकलन गरि ७ लिटरको एक थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरि आज कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरीलाई हस्तान्तरण गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाका वडा नं. ९ निवासी वर्ष ८१ का नरी चन्दको हात बाट कोभिड अस्पताल दोधारा चा“दनीका डाक्टर गगन चौधरीलाई हस्तान्तरण गरेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाईरसबाट संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन अक्सिजन कन्सन्ट्रेटर खरिद गरि कोभिड अस्पताल दोधारा चाँदनीलाई हस्तान्तरण गरिएको हेल्पीङ हेण्ड नेपाल अभियानका एक अभियन्ता नारायण शर्मा पोखरेलले जानकारी दिएका छन् । कोरोना संक्रमणले थलिएका अक्सिजन अभावको कारण दोधारा चाँदनी नगरपालिकामा स्थानियहरुको ज्यान थालेपछि दोधारा चाँदनी नगरपालिकाका गैर राजनितिक युवाहरुले हेल्पीङ हेण्ड नेपाल अभियान संचालन गरि अक्सिजन कन्सन्ट्रेटर खरिदको लागी अभियान थालेका हो ।

हेल्पीङ हेण्ड नेपाल अभियान अन्तर्गत कोभिड अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रमा बोल्दै कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरीले अक्सिजनको अभाव श्रजना भईरहेको अवस्थामा हेल्पीङ हेण्ड नेपाल अभियान अन्तर्गत युवाहरुले गरेको मानव सेवामा समर्पित कार्य प्रशंसनिय योग्य कार्य भएको बताएका छन् । महामारीले आक्रन्त भएको अवस्थामा ज्यान जोगाउन कोभिड अस्पताललाई उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटरले कोरोना संक्रमितको ज्यान जोगाउन सहज हुने भन्दै डाक्टर चौधरीले हेल्पीङ हेण्ड नेपाल अभियानका सबै युवाहरुलाई धन्यबाद दिएका छन् ।

 


ताजा समाचार

spot_img