महामारीका बेला मलको कृतिम अभाव

तस्कर समुहले जम्मा गरेर राखेको मल प्रहरीद्वारा बरामद


कञ्चनपुर : कोरोना महामारीका बेला यस बर्षपनि कञ्चनपुरमा मल अभाव भएको छ । मल आपूर्तिकर्ता सरकारी निकायबाट माग अनुरुप मल आपूर्ति गर्न नसक्दा मल अभाव भएको हो । कृषि समाग्री कम्पनी र साल्ट्र टे«डिङ्ग कम्पनीले सहकारी मार्फत मलखाद बिक्रि वितरण गर्दै आएका छन । सरकारबाट पाउने अनुदानको मल जहिले पनि अभाव हुँदा किसानको माग समयमै मल नपाएका कारण महामारीका विच सरकारी निकायबाट वितरणका लागि सहकारीलाई दिएको मलको हाहाकार भएको छ ।

किसानले मल नपाएका कारण समस्यामा परिरहेका बेला तस्कर समुहले लुकाएर राखेको मल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बेदकोट नगरपालिका ७ झस्पुराका चक्र्र फस्र्वासनको गोदाममा लुकाएर राखेको ३९१बोरा अवैध डिएपी बरामद गरेको बताए । उनका अनुसार व्यवसायी फस्र्वानले किसानलाई मलखाद चाहिएका बेला लुकाएर कृत्रिम अभाव गर्दै बढि मुल्यमा बेच्नका लागि राखेको ३९१ बेरा मल बरामद गरिएको बताए ।

झण्डै ७ लाख ८२ हजार बराबरको मलखाद भन्सार चालन गरेको छ । महामारीका मौका छोपी केही तस्कर, व्यवसायी समुहले कृतिम अभावदेखि चर्को मुृल्यमा कारोबार गरिरहेका छन । विपद्का बेला गैर कानुनी कामगर्नेमाथि ठाँउको ठाँउ कार्बाही गर्न समेत स्थानीय नागरिकले माग अघि सारेका छन । फोटो क्याप्सन ः कञ्चनपुरको एक गोदाममा लुकाएर राखेको मल बरामद


ताजा समाचार

spot_img