कोभिड अस्पताल दोधारा चाँदनीले संचालन गर्यो हटलाईन सेवा


दोधारा

के तपाई होम आईसोलेसनमा हुनुहुन्छ ? कोरोना भाईरसको संक्रमणको बारेमा केही सल्लाह, सुझाव तथा परामर्श लिनु पर्ने छ ? कोभिड अस्पताल दोधारा चाँदनीको हालै संचालनमा लयएको हटलाईन सेवामा फोन गर्नुहोस् । कोभिड अस्पताल दोधारा चाँदनीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी हटलाईन सेवा सुरु गरेको छ् । कोभिड अस्पताल दोधारा चा“दनीले एनसेलको फोन नं. : ९८१२७३०९०५ र नेपाल टेलिकमको फोन नं. : ९७४२५१४६३२ हटलाईन सेवा चौबिसै घण्टा खुल्ला गरिनुको साथै कोरोना भाईरस सम्बन्धी सल्लाह, सुुझाव तथा परमर्श दिईने छ् ।

हटलाईन सेवामा जो कोहीले पनि कोरोना संक्रमणको बारेमा जानकारी लिन सक्ने छ्ु । सो सेवा मार्फत कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी सुझाव समेत दिन सकिने छ् । कोरोना भाईरसको संक्रमण दोधारा चाँदनीको समुदाय स्तरमा ब्याप्त फैलिएको कोभिड अस्पतालको तथ्यांकले देखाएपछि कोभिड अस्पतालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी यो सेवा सुरु गरेको हो । संक्रमितहरुले यो सेवा मार्फत अधिक भन्दा अधिक लाभ लिन सकिने बताईएको छ् । कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरीका अनुसार होम आईसोलेसनमा रहेका संक्रमितहरुलाई उनिहरुको अवस्था जानकारी लिनको लागी पनि सहज हुने बताएका छन् ।

कोभिड अस्पतालले संचालन गरेको हटलाईन सेवाले होम आईसोलेसनमा रहेकाहरुलाई यसै सेवा मार्फत स्वास्थ्य परामर्श र उनिहरुको अवस्थाको बारेमा जानकारी लिईने डाक्टर चौधरीले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी कोभिड अस्पताल दोधारा चाँदनीले हटलाईन सेवा सुरुचारु गरेको बताएका छन् । संक्रमित भएर होम आईसोलेसनमा रहेका तथा कोभिड अस्पतालको सेवा तथा परामर्श लिन कोभिड अस्पतालले संचालन गरेको हटलाईन सेवा प्रभावकारी रहने नगर प्रबक्ता सिजालीले बिश्वास लिएका छन् । उक्त सेवा चौबिसै घण्टा कोरोना उपचार तथा परानमर्शको लागी स्थानियहरुको लागी खुल्ला रहेको कोभिड अस्पताल दोधारा चाँदनीका सुचना अधिकारी नन्दराज भट्टले जानकारी दिएका छन् ।


ताजा समाचार

spot_img