छिमेक लघुबित्त संस्थाले पुनर्वासमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई स्वास्थ्य सामाग्री सहयोग गरे


 किशोर तामाङ/ कञ्चनपुर 

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा छिमेक लघुबित्त संस्था आई बि आर डी शाखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ। अहिले बिश्व कोरोना भाइरसको संक्रमणले आक्रान्त बनेका बेला बिभिन्न सघ संस्था र मनकारी ब्यक्तिहरुले कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रानन्टलाईनमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामाग्री बितरण कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिएको पाइन्छ। छिमेक लघुबित्त संस्थाले पनि सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने केन्द्रीय कार्यालयको कार्य योजना अन्तर्गत आज पुनर्वास शाखाले पनि कञ्चनपुरकाे दक्षिणी सीमान्तमा आफ्नो ज्यानको प्रवाह नगरी अग्रपङ्क्तिमा अहोरात्र खटिरहेका इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती मा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

No description available.

कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम रहेका भारतीय सीमान्त कञ्चनपुरकाे दक्षिणी क्षेत्र खुला सिमानाका कारण सुरक्षाको दृष्टिले निकै नै जोखिमपुर्ण छ। संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरी यस बेला निकैनै जोखिम मोलेर अहोरात्र खटिरहेका छन्। त्यसैले संस्थाले पेशाकर्मीहरुको आत्म सुरक्षाका लागि स्वास्थ्य सामाग्री बितरण गरेकाे छिमेक लघुबित्त संस्था शाखा प्रमुख ऋषि सुवेदीले बताउनुभयो ।

पुनर्वास शाखाको छिमेक लघुबित शाखाले सर्जिकल मास्क,सेनिटाईजर, पिपिई सेट, सर्जिकल ग्लोब्स आदि सहयोग गरेका छन । स्वास्थ्य सामाग्री प्राप्त गर्दै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक प्रहरी कैलास सिंह बिष्टले यस्तो महामारीको विषम परिस्थितिमा सहयोग गर्नु भएकोमा छिमेक लघुबित्तका शाखा प्रमुख र समन्वयकारी भुमिका निर्वाह गरि सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद समेत व्यक्त गरे ।


ताजा समाचार

spot_img