महामारीमा महाकालोबजारी किराना पसलमा मलखाद बिक्रि वितरण गर्दै आएको महेन्द्रनगरको बालाजी किराना पसलमा शिलबन्दी


कञ्चनपुर ,
कोरोना महामारीले नागरिकलाई बाँच्ने चिन्ताले पिरोलिरहेको छ । तर, महेन्द्रनगरका एक व्यवसायी भने महामारीका बेला महाकालोबजारीमा लिप्त भएको पाईएको छ । महेन्द्रनगर गल्ली नम्बर ३मा शुभम गुप्ता सहितका गुप्ता परिवारले चलाउँदै आएको बालाजी किराना स्टोरमा मलखाद बिक्रि वितरण गर्दै आएको पाईएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी नेतृत्वमा संयूक्त बजार अनुगमन टोलीले किराना पसलमा तोके भन्दा फरक समान गैर कानुनी रुपमा बिक्रि वितरण गर्दै आएपछि पसल शिलबन्दी गरेको हो ।

आइतबार बालाजी किराना स्टोर शिलबन्दी गरिएको छ । स्रोतका अनुसार उक्त पसलका संचालकले गैर कानुनी रुपमा महामारीको मौका छोपी कालोबजारी गरेको छ । स्रोतका अनुसार एकैदिन ५सय बोरा मलखाद बिक्रि वितरण गरेका बालाजी किराना पसलमा अझै २सयको हाराहारीमा मलखाद भेटिएको छ । गैर कानुनी कारोबार गरेको भन्दै प्रशासनले शिलबन्दी गरेर छानबिन गर्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी अमर बहादुर थापाले संयुक्त बजार अनुगमनका क्रममा बालाजी किराना स्टोरमा गैर कानुनी कारोबार गरेकाले शिलबन्दी गरिएको बताए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले किराना पसलमा मलखाद बिक्रि वितरण गरेरको पसलमा शिलबन्दी गरेर थप अनुसन्धान गरिने बताए । महामारीका बेला गैर कानुनी काममा लिप्त भएर पैशा कमाउने होडबाजीमा उत्रिएको उक्त व्यवसायीमाथि कार्बाहीको माग अघि सारिएको छ । उक्त मलखाद बरामद मात्र नभई पसलधनीमाथी कार्बाही गर्न स्थानीयले प्रशासनसंग आग्रह गरेको छ ।


ताजा समाचार

spot_img