दोधारा चाँदनीका कोरोनाका बिरामीलाई औषधी सहयोग


कञ्चनपुर 

दोधारा चाँदनी नगरपालिकाका कोरोना संक्रमित बिरामीहरुलाई औषधीको अभाव हुन प्राथमिक स्वास्थ्य केन्द्रलाई आज औषधी सहयोग गरिएको छ । दोधारा रेडक्रस उपशाखाको समन्वयमा दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रलाई ३९ हजार ६० मूल्य बरावरको आवश्यक औषधी सहयोग गरिएको हो । दोधारा चाँदनी नगरपालिका ९ घरभै न्यूजिल्याण्डमा अध्ययरनरत बिक्रम तिवारी, स्थानिय महेश घिमिरे र बुटवलका औषधी व्यवसायी दिपेन्द्र भण्डारीको प्रयासमा प्राथमिक स्वास्थ्य केन्द्रलाई औषधी उपलव्ध गराईएको छ ।

औषधी खरिदका लागि तिवारीले रु १५ हजार, घिमिरेले रु २० हजार र भण्डारीले, रु चार हजार छ सय संगै औषधी संकलन र ढुवानीमा सहयोग गरेका छन । ‘स्वास्थ्य केन्द्रका चिकित्सक गगन चौधरी संग कोभिडका बिरामीहरुका लागि अति आवश्यक औषधी अभाव भएको जानकारी पाईए पछि अभाव हुन दिनका लागि प्रयास गरेका छौं’घिमिरेले भने, ‘बिरामीहरुले चर्को मूल्यमा बाह्य क्षेत्रबाट औषधी किन्नु पर्ने बाध्यत्मक अबस्थालाई हटाएका छौं ।’ सरकारको मात्रै मुख नताकेर मानवियताको नाताले सबैले स्वास्थ्य केन्द्रलाई सहयोग गर्नु पर्ने उनको भनाई रहेको छ ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय एवं मर्सिकोर नेपालको आर्थिक सहयोगमा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि आज दोधारा चाँदनी नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराईएको छ ।
उपलव्ध गराईएका सामग्रीमा ५० थान पिपिइ, सय बोतल सेनिटाइजर, मास्क एक हजार पाँच सय वटा, ग्लोब्स सय जोर, झुल ५० थान र पानी बोतल दुई हजार थान रहेका छन । यस अघि रेडक्रसले स्वास्थ्य कार्यालय कञ्चपुरलाई समेत स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको थियो ।


ताजा समाचार

spot_img