कञ्चनपुर

दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारीका कारण दैनिक कञ्चनपुर सहित नेपालमा २सय भन्दा बढि नागरिकले अकालमै ज्यान गुमाईरहेका छन । तर, सरकारलाई नागरिकले अक्सिजन नपाएले धमाधम ज्यान गुमाईरहेका बेला चिन्ता चासो नभई जनताले नै ५ बर्षका लागि चुनेर पठाएको संसद भङ्ग गरेको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले देशभरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।


गय मध्यरातमा संसदमा विश्वासको मत प्राप्त गर्न नसकेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर कोरोना महामारी नियन्त्रण गर्नुको साटो आफ्नो कुर्सी र सत्ताका लागि सविधान भड्खालोमा राखेर पुन दोस्रो पटक संसद भङ गरेको भन्दै अखिल क्रान्तिकारीले देशभरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको हो । क्रान्तिकारीको केन्दीय कार्यक्रम अनुरुप सबै विद्यार्थी नेताहरुले जो जहाँ छन । त्यहीबाट आन्दोलनका कार्यक्रम गर्ने घोषणा अनुरुप कञ्चनपुरमा समेत पुत्ला दहन भएको छ ।


अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले महामारीका बेला सरकारले जनताको ज्यान सुरक्षामा चासो नदिएपनि क्रान्तिकारीले भिडभाँड गरेर चोक चौतारामा बिरोध भन्दा भौतिक दुरी कायम गरेर आफु रहेको स्थानमा आन्दोलन गर्ने कार्यक्रम अनुरुप भीमदत्त नगरपालिका २उल्टाखाम कञ्चनपुरमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरिएको बताए । ‘जनता अक्सिजन नपाएर धमाधम मरिरहेका छन, ‘क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले भने, ‘तर सरकारलाई भने संसद भङदेखि महामारीका बेला चुनाव गर्ने घोषणा गरेर सत्ता लम्ब्याउने खेलमा रहेको छ ।’ अहिले पनि प्रधानमन्त्रीले प्रकृया पुरा नगरेरै संविधान भङ र संविधानको संरक्षक राष्ट्रपतिबाट मुलुक महामारीका बेला गिजोलिरहेका बेला झन महासंकटमा पारेकाले दुवैमाथि कार्बाहीको माग अघि सारेका छन ।






