कञ्चनपुर ,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस ‘कोभिड-१९’ को दोस्रो भेरिन्टिले अक्सिजनको अभावले दिनप्रतिदिन सुदूरपश्चिमका नागरिकले ज्यान गुमाउनु परेको यो विषम परिस्थितिलाई मध्यनजर गर्दै धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठले आर्थिक सहयोग गरेका छन् ।

धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि अध्यक्ष श्रेष्ठले ५ लाख सहयोग गरेको बताए । उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा उनले उक्त रकम जम्मा गरेका हुन् । श्रेष्ठ एसटिएस केवल नेटवर्क कञ्चनपुरका संचालनक समेत हुन् ।
काँग्रेस नेत्रृ आरजु राणा(देउवा), चौधरी फाउण्डेशन र धनगढी उपमहानगरपालिकाको संयुक्त साझेदारीमा अक्सिजन प्लान्ट जडान कार्यक्रमका लागि श्रेष्ठले उक्त आर्थिक सहयोग गरेका हुन ।सुदूरपश्चिम फुटबल संघ प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले समाजिक कार्य र जनताको जिवन रक्षाका लागि आर्थिक सहयोग गरेको बताए ।
अध्यक्ष श्रेष्ठकी धर्मपत्नी तथा महिला अगुवा समाजसेवि हेलेन श्रेष्ठले यस अघि श्रेष्ठ परिवारका तर्फबाट रोटरी क्लब मार्फत ५१ हजार सहयोग गरेको बताईन । गत बर्ष पनि कोरोना महामारीले आर्थिक सहयोग गरेका थिए । श्रेष्ठ दाम्पत्ती तथा परिवारले
मुलुकमा संकट गर्दा विभिन्न कालखण्डमा सहयोग गर्दै आएका छन ।
पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा ब्यक्तिगत रुपमा आर्थिक सहयोग उठ्ने क्रम जारी रहेको छ ।

धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको छ । नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।







