कञ्चनपुरका संसदको पहलमा महाकाली अस्पतालमा अक्सिजन प्लान्ट सहित उपकरण खरिदका भारी बजेट विनीयोजन


कञ्चनपुर

अक्सिजन अभावका कारण दिनदिनै नागरिकले अकालमै ज्यान गुमाईरहेका बेला कञ्चनपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने ससदहरुको पहलमा सरकारले महाकाली अस्पतालमा अक्सिज प्लान्ट सहित स्वास्थ्य उपकरण खरिदका लागि भारी बजेट विनियोजन गरेको छ । कोरोना संक्रमित भई अक्सिजन अभावका कारण नागरिकले धमाधम ज्यान गुमाउन थालेपछि आ–आफ्नो ठाँउबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सकृय भएका संसदहरुकै पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाकाली अस्पतालमा चालु बर्षकै भारी बजेट विनियोजन गरेको हो । मन्त्रालय स्रोतका अनुसार महाकाली अस्पतालको स्तरबृद्धि र अक्सिजन प्लान्ट जडानका लागि कञ्चनपुरका प्रत्यक्ष तथा अप्रत्यक्ष निर्वाचित सबै संसदहरुले बारम्बार ताकेका गर्दै आएका थिए ।

निर्वाचन क्षेत्र नम्बर १बाट निर्वाचित संसद एव पुर्वखानेपानीमन्त्री बिना मगर, २बाट निर्वाचित नर बहादुर धामी, ३बाट निर्वाचित संसद डा. दिपक प्रकास भट्ट, समानुपातिक तर्फ निरुदेवी पाल, बिना बुढाथोकी सहितका जनप्रतिनिधीले मन्त्रालय, पार्टी एव सरकार च्यानलमा बारम्बार घचघच्याएका थिए । नेकपा एमाले अध्यक्ष एव प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पक्षधर निकट सत्तारुढ दलका नेता समेत रहेका संसद नर बहादुर धामीले सिधै हेडक्वाटर एव प्रधानमन्त्री, मन्त्री एव सरकारी अधिकारीसंग गृह जिल्ला कञ्चनपुरको महाकाली अस्पताल बारे ताकेका गरेको उनको निजी सचिवालयले जनाएको छ ।

संसद धामी सचिवालयका अनुसार महाकाली अस्पतालको स्तरबृद्धिका लागि जिल्लाका सबै संसदले आ–आफ्नो ढङगबाट लभि र पहल गरेका थिए, तर संसद धामीले सिधै प्रंधानमन्त्री, मन्त्री लगायतसंग प्रत्यक्ष भेटवार्ता एव टेलिफोन गरेका थिए । संसद धामीले महामारीका बेला अलानो फलानो भन्दा पनि सबै मिलेर नागरिकको जनस्वास्थ्य सुधार गर्नुतर्फ बिमुख हुनुपर्नेमा जोडदिए । महाकाली अस्तालमा १०आईसियू, ५ भेन्टिलेटर एक अक्सिजन प्लान्ट जडानका लागि ९करोड ८०लाख रुपैया बजेट निकाया भएको छ । अस्पताल स्तरबृद्धि उपकरण थपका लागि पहलकर्ता संसदहरुलाई अस्पतालले अभार प्रकट गरेको छ ।


ताजा समाचार

spot_img