दोधारा

दोधारा चाँदनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई कोभिड अस्पताल बनाउने निर्णय भएको छ् । दोधारा चाँदनी नगरपालिकाको आज बसेको बैठकले संक्रमण समुदाय स्तरमा तिब्ररुपमा बढ्दै गएर स्थानियहरुको ज्यान जान थालेपछि प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई कोभिड अस्पतालको रुपमा स्थापना गर्ने निर्णय गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्त दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

यस अघि दोधारा चाँदनी नगरपालिकाको नगरकार्यपालिका बैठकले दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित रहेको कमलशा आधारभुत बिद्यालयमा आईसोलेसन निमार्ण गर्ने भएपनि बिद्यालयमा भौतिक पुर्वाधार लगाएत स्वास्थ्य उपकरणको समस्यालाई मध्यनजर राख्दै प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका नगर कार्यपालिका बैठकले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई कोभिड अस्पताल बनाउनको लागी अस्पतालमा चाहिने स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्रीको खरिद कार्य तदारुकता साथ गर्ने निर्णय समेत गरिएको नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए ।

यस्तै अस्पतालमा अक्सिजनको अभाव श्रजना हुन नदिन अक्सिजन सिलिण्डर रिफिल गर्ने जिम्मा समेत दिईएको छ् । सामाचार तयार पारुञ्जेल प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीहरुको आपतकालिन बैठक जारी छ् । केही दिन यता युद्ध स्तरमा कोरोना संक्रमण समुदाय स्तरमा बढ्दै जादा ९ जनाको ज्यान गएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अझै सम्म गरिएको एन्टिजिन परिक्षणमा ८८ जना महिला, १ सय ४२ जना पुरुष संक्रमित रहेका छन् ।






