पशुपतिनाथ इट्टा उद्योग धनगढी– १२ द्वारा धनगढी उपमहानगरपालिकाको कल्याणकारी कोषलाई आर्थिक सहयोग


कैलाली ,

कोरोनाको महामारीले विश्व अक्रान्त बनेको छ । विश्वभर हजारौ जनाले अक्सिजनको कमीले दिनहु ज्यान गुमाई रहेका छन् ।
यस्तो विषम परिस्थीतिमा हाम्रो देश पनि अछुतो रहन सकेन जसको लागी अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डर व्यवस्थापन गरी केही हद सम्म पनि विरामीको ज्यान जोगाउने उद्देश्यले धनगढी– १२, पशुपतिनाथ ईटा उद्योग जुगेडाका संचालक अभियान खड्का, कृष्ण राज पाण्डेय र डबल बहादुर थापाले ५५ हजार ५ सय ५५ रुपैया, वडा न.५ जाईका कुलबिर चौधरीले २० हजार धनगढी उपमहानगर पालिकाका मेयर नृप बहादुर वड लाई कल्याणकारी कोषका लागि हस्तान्तरण गरेको छ।

यस्तो कठिन परिस्थीतिमा यसरी गरेको सानो सानो सहयोगले पनि धेरै हौसला दिनुका साथै विरामीलाई बचाउन सहिने धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओढले बताउनु भयो । यस्तो अवस्थामा सबैले हातेमालो गरी कोरोनालाई परास्त पारी सबैले जिउनु पर्नेमा जोड दिनुको भयो ।


ताजा समाचार

spot_img