दोधारा

कोरोना महामारी रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा पालनाका लागि कञ्चनपुरको दोधाराचाँदनीका सुरक्षा निकाय सकृय भएका छन । सीमावर्ती दोधाराचाँदनीमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरी सीमा क्षेत्रमा सकृय भएर खटिएका छन ।

दोधाराचाँदनी नगरपालिका ३का वडाध्यक्ष पुष्करराज जोशीले लकडाउन प्रभावकारी बनाउन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी सीमामा खटिएको बताए । उनका अनुसार नेपाल प्रहरीले समेत अनावश्यक आवत जावत गर्नेमाथि कडाई गरिरहेको छ ।

दोस्रो चरणमा देखिएको कोरोना महामारीको चैन तोड्नका लागि सबै नागरिक समेत हुनुपर्नेमा नगरका प्रवक्ता दिल ब. सिजालीले आग्रह गरेका छन ।






