अक्सिजन खरिदका लागि काँग्रेस बेलौरीका उपसभापति पाण्डेयद्वारा आर्थिक सहयोग


कञ्चनपुर,

अक्सिजन अभावका कारण कोरोना संक्रमित भई नागरिकले धमाधम ज्यान गुमाईरहेका खबर बारिएपछि नेपाली काँग्रेस कञ्चनपुरका एक नेताले अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेका छन ।

नेपाली काँग्रेस बेलौरीका नगर उपसभापति दान बहादुर पाण्डेयले अक्सिजन खरिदका लागि बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आर्थिक सहयोग गरेका हुन । जनज्योति माविका पूर्व अध्यक्ष समेत रहेका समाजसेवि शिक्षाप्रेमी पाण्डेयले नगद ३ हजार ५सय आर्थिक सहयोग गरेका हुन । उनले आफ्नो सहयोगले पुरै नगरबासीका लागि अक्सिजन आपूर्ती हुन नसक्ने भएपनि यस्तो महामारीका बेला सबैले आ–आफ्नो क्षेत्रबाट आर्थिक, भौतिक, नैतिक सहयोग गरेर महामारी परास्थ गर्नुपर्नेमा जोडदिए ।

दक्षिण एसियाको भारत र त्यसमा पनि नेपाल सरकारले समेत अक्सिजन आपूर्ति गर्न नसकेको परिवेसमा एक नागरिकको सहयोगबाट अक्सिजन आपूर्ति भन्दा सबै नागरिक लागेर महामारी परास्थ पार्नका लागि सन्देश दिएको बताए । समाजसेवि समेत रहेका काँग्रेस नेताप्रति बेलौरीका स्वास्थ्यकर्मीले आभार प्रकट गरेका छन । उनले महामारीका बेला सबैले जे जति सक्दो सहयोग एव लकडाउन प्रभावकारी बनाएर कोरोनाबाट मुक्त हुनुपर्नेमा आग्रह गरेका छन ।


ताजा समाचार

spot_img