झुण्डिएको अवस्थामा युवक फेला, हत्याको आंशका

कञ्चनपुर
भीमदत्त नगरपालिका वडा नं. ६ स्थिती शिवमन्दिर नजिकै डेरा गरी बस्दै आएका युवकको झुण्डीएको अवस्थामा शव फेला परेको छ । बेलौरी नगरपालिका शोभाताल स्थायी घर भएका वर्ष ३९ का गोलु चौधरीले राति १२ बजे पिशाब फेर्छु भनी ऐठपुर डेरा बाट बाहिर आएको उनकी श्रीमतिले बताएकी छिन् ।

उनको शव विहान भीमदत्तनगरपालिका ८ स्थिती तिलाचौरको भानुटोलमा खम्बामा झुण्डिाएको अवस्थामा भेटिएको छ । स्थानियहरुले हत्या गरी झुण्डयाइएको आंशका गरेका छन् भने प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ । राति पिशाब फेर्न डेरा बाट बाहिर आएका चौधरीको शव करीब ६ किमि. टाढा झुण्डीएको अवस्थामा फेला परेको हो । स्थानियले विहान झुण्डीएको अवस्थामा फेला परो पछि प्रहरीलाई खबर गरेका थिए ।

घटना स्थलमा शवको स्थलगत अनुसन्धान भैरहेको र अनुसन्धान पछि शव पोष्टमार्टमको लागि महाकाली अञ्चल अस्तपालमा ल्याई थप अनुसन्धान जारी रहने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनु भयो ।

ताजा समाचार