वडाध्यक्ष कुवर र बैंकका म्यानेजर अवस्थीले महाकाली अस्पतालमा अक्सिजन सहयोग


कञ्चनपुर 

बैशाख कोरोना संक्रमण भएर उपचारका लागि अस्पताल पुग्ने, तर अस्पतालमा अक्सिजन नपाएर अकालमै नागरिकले धमाधम ज्यान गुमाउन थालेपछि निजी क्षेत्र तथा जनप्रतिनिधीबाट अस्पतालमा आर्थिक तथा भौतिक सहयोग दिईरहेका छन । भीमदत्त नगरपालिका १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु) र गरिमा विकास विकास बैंक महेन्द्रनगरका म्यानेजर राजन अवस्थीले ५० शिलिण्डर अक्सिजन सहयोग गरेका छन । वडाध्यक्ष कुँवर र म्यानेजर अवस्थीले मिलेर अस्पतालमा बिहीबार अक्सिजन सहयोग गरेका हुन । वडाध्यक्ष भुन्टु कुँवरले प्रदेश, संघीय सरकारले महाकाली अस्पतालमा अक्सिजन आपूर्तिका लागि सहयोग नगरेपछि हातेमालो गरेको बताए ।

Open photo

‘यत्रो महामारी चलेको छ, ‘उनले भने, ‘अक्सिजन अभाव छ, सरकारलाई मतलब छैन, हामीले पनि केही न केही समाजिक दायित्व निर्वाह गर्नुपर्छ भनेर लागेका हौँ ।’ अध्यक्ष कुँवरले बजारमा रहेका खाली १०शिलिण्डर नयाँ खोजेर बाँकी ४०थप्दै भरेर अस्पतालमा बुझाएको उनले बताए । ‘अक्सिजन अभावकै कारण नारिकले ज्यान गुमाईरहेका छन, ‘उनले भने, ‘यो महामारीमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ ।’ अक्सिजन नपाएर नागरिकले अकालमै मृत्युबरण गरेका खबर बाहिरन थालेपछि जनप्रतिनिधी कुँवरले बैंकका म्यानेजर समेटेका थिए । विपद्को सामना र अक्सिजन खरिदका लागि सहयोग, सदभाव देखाएको भन्दै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले आभार प्रकट गर्दै सबै मिलेर विपद्को सामना गर्नुपर्नेमा जोडदिएका छन ।


ताजा समाचार

spot_img