कञ्चनपुर

कञ्चनपुरमा कारोना जितेर घर फर्किनेको संख्या बुधवार भन्दा बिहिवार बढेको छ । बुधवार १ सय १६ जनाले कोरोना जितेका थिए भने आज बिहिवार १ सय २७ जनाले कोरोना जितेका छन् आज कोरोना जित्नेमा भीमदत्तका २१ जना र ऐन्टिजिन संक्रमित १ सय ६ जना रहेका छन् आज संक्रमण मुक्त भएका सहित अहिले सम्म २ हजार ५ सय ३० जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, कञ्चनपुरमा बिहिवार १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा १ सय ४८ जना र ऐन्टिजिन परिक्षणमा ४० जनामा कोरोना संक्रमिण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् । पिसिआर र ऐन्टिजेनबाट परिक्षण गर्दा कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा ९० जना, वेदकोटमा ८ जना, कृष्णपुरमा १३ जना, महाकाली अस्पतालमा ४ जना, गडडाचौकीमा ६ जना, र लालझाडी र दोधारामा १(१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज मृत्यु हुनेमा भिमदत्त नगरपालिकामा दुई जना वेतकोटमा १ जना र बेलौरी १ गरी चार जनाको मृत्यु भएको छ भने अहिले सम्म मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।







