काठमाडौं

आज भएको विश्वासको मत लिने प्रस्तावमा संसदबाट ओलीले बहुमत प्राप्त गर्न सकेनन् त्यस सँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् भने उनी नेतृत्वको सरकार ढलेको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ, १५ जना तटस्थ बसेका छन् । सोमबारको बैठकमा कुल २३२ सांसद उपस्थिती रहेका थियो ।

प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा रहेको उपस्थिति संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । प्रतिनिधि सभाको बैठक बैसाख ३० गते सम्मका लागि स्थगित भएको छ ।






