काठमाण्डौं

नेपालमा निरन्तर कोरोना संक्रमित बढीरहेका छन् । आज मात्रै देशभरमा ८ हजार ८५० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २४ घण्टामा १८ हजार ७८७ जनामा गरिएको पिसिआर परीक्षणमा ८७७७ र ५०६ जनामा गरिएको एन्टीजेन परीक्षणमा ७३ जना गरी ती संक्रमित भेटिएका हुन् ।

्यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ८८१६० रहेका छन् । जस मध्य होम आईसोलेसनमा ८१४३० जना रहेका छन् । आज उपत्यकामा मात्रै उपत्यकामा ४ हजार १९८ जना संक्रमित थपिएका छन् । यसै गरी कोरोनाका कारण आज देशभर ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज कोरोना जीतेर ४ हजार २२ जना डिस्चार्ज भएका छन् । कोरोना जीत्नेको दर ७६ प्रतिशत बढी रहेको छ । देशभर २६७ जना भेन्टिलेटरमा छन् ।






