दोधारा

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दोधारा चाँदनी नगरपालिकामा लकडाउन गरिएको छ । लकडाउनका लागि दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारतको खुला सिमा नाकाहरु बन्द भनिएको छ् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा आवात जावत गर्न नगर्न उर्दी जारी गरिएको छ् । तर नेपाल–भारतको खुल्ला बोर्डरका कारण दुई देशका जनताले एक अर्काको देशमा गरिरहेको ओहरदोहर नियन्त्रण भने भएको छैन् । भारतबाट रोजगारीको लागी गएका नागरिकहरु खुला सिमाबाट फर्केर घर आएका छन् ।

उनिहरुलाई कञ्चनपुरको आधिकारीक नाका गड्डा चौकीबाट भित्र्न आह्वान गरिएपनि दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारतको खुला सिमाबाट लुकीछिपी घर पस्ने गरेका छन् । स्थानिय सरकार संग भारतबाट फर्केकाहरुको लगत र देखरेख भने छैन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ३ वटा शसस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट र एक ईलाका प्रहरी कार्यालय र मातहतको ३ वटा प्रहरी चौकी छन् । तर पनि सिमा क्षेत्रमा ओहरदोहर गर्ने र समान तस्करी भने नरोकिएको स्थानियहरुले बताउदै आएका छन् । जसको कारण कोरोना संक्रमण बढ्न सक्ने खतरा स्थानिहरुले आंकलन गर्न थालेका छन् । भारतमा कोरोनाको कहर ब्याप्त बढ्दै छ् ।

खुल्ला सिमा क्षेत्रमा ओहरदोहर र तस्करी हुदै गर्दा समुदायमा भुसको आगो सरह कोरोना संक्रमण बढ्न थालेको जानकारहरुको भनाई रहेको छ् । रातीको समयमा सिमावर्ती भारतिय बजारबाट समान ल्याउन नरोकिएकोले कोरोना संक्रमण अझै बढ्न सक्ने सन्त्रास बढेर गएको स्थानियहरुले बताउन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाको बजार क्षेत्रमा लकडाउनको प्रभावकारिता हुदै आएपनि दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुल्ला सिमा क्षेत्रमा मालसमान ढुवानीले गर्दा संक्रमणको खतरा बढेर गएको जानकारहरु बताउछन् । लकडाउनको बेलामा समेत राती तथा दिउसो मालसमान ओहरदोहोर गर्नुको साथै मान्छे पनि आउन जाने गरेको स्थानियहरुको भनाई छ् ।
भारतबाट आएका लुकीछिपी नेपाल छिरेकाहरुमा कोरोना संक्रमण बढी देखा परेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको एक अनुसन्धानबाट खुलेको छ् । लुकीछिपी नेपाल प्रवेश गर्ने र रातीको समयमा अबैध कारोवारको कारण संक्रमण भित्रिएको एक थरीको भनाई रहेको छ् । लकडाउनमा सिमावर्ती भारतिय बजाहरुमा समान भित्रिदै गरेको छ्, जो प्रशासनको दृष्टिमा परेको छैन । ‘नेपाल–भारत ओहोर दोहोर भईरहेको हुन्छन् ।’ स्थानियहरु भन्छन्– ‘लकडाउन कतिपयका लागि कमाउने समय भएको छ, अहिले पनि रातीराती सीमा ओहोरदोहोर गरी तस्करी गरिरहेको पाईन्छ ।’
भारत संग सीमा जोडिएको क्षेत्रमा थप कडाई गरिएको बताउदै सकभर एक अर्का देशमा लुकीछिपी नछिरोस् भन्ने आफूहरुको प्रयास रहेको सुरक्षाकर्मीहरुले बताउदै आएका छन् । निषेधाज्ञा जारी गरिएपछि नेपाल भारत ओहोर दोहोर गर्नेहरुको संख्यामा कमी भएको छ् तर रोकिएको भने छैन । नेपाल भारत खुल्ला सीमाना भएको कारण र वस्ती जोडिएको कारण सर्वसाधारण लगायत तस्करहरु पनि सहजै नेपाल भारत ओहोर दोहोर गर्न सफल भइरहेका छन् । अहिले दोधारा चाँदनीमा एक सय भन्दा बढी कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको कारोनाकै कारण ज्यान गएको छ् । जसले गर्दा दोधारा चाँदनी नगरबासी त्रासमय छन् ।
सिमा क्षेत्रमा ओहरदोहरको कारण समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिएको भनेर बेलाबखत विरोध पनि हुने गरेको छ । प्रशासनले सीमा नाकामा बढी कडाई गरे सायद दोधारा चाँदनी नगरपालिकामा त्रासद्धि पुर्ण बाताबरण श्रजना नहुने स्थानियहरुको दाबी छ् । दोधारा चाँदनी नगरपालिकाकाले लकडाउनलाई प्रभावकारी बनाउन र कोरोनाको संक्रमण बाट जोगिन विभिन्न योजना बनाएर अघि बढीरहदा दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमाना मुख्य चुनौति बनेको देखिन्छ् । एकातिर विना चेकजाँच नेपाल प्रवेश गर्दा रोगको जोखिम बढ्ने अर्को रातीको समयमा अबैध समान ओसार पसारले समेत संक्रमण निम्त्याउने डर कायमै छ् ।






