लकडाउनका बेला संकटमा परेका विद्यार्थीको राज्यले उद्दार नगरे क्रान्तिकारीले गर्छ : नेता जप्रेल

कञ्चनपुर

नेकपा विप्लव निकट अखिल क्रान्तिकारीका नेता प्रकास जप्रेलले विभिन्न जिल्ला घर भए कञ्चनपुर महेन्द्रनगरमा डेरागरि बस्ने विद्यार्थीको उद्दारमा सहयोग गर्न सरकारसंग आग्रह गरेका छन । क्रान्तिकारी केन्दीय सदस्य तथा कञ्चनपुरका विद्यार्थी नेता जप्रेलले महामारीका बेला लकडाउनका कारण घर जान नसकेका विद्यार्थीलाई सम्बन्धीत गन्तव्यसम्म पु¥याउनका लागि सरकासंग आग्रह गरेका हुन ।

उनले समाजिक सञ्जालमा महेन्द्रनगरमा डेरा गरि बसेका विद्यार्थी साथिहरु कमरेडहरु भाईबहिनी तपाईहरु मौसमी भाईरलका कारण राज्यले गरेको निषेध दमनका कारणले समस्यामा पसर गाँउ जानू चाहनु हुन्छ, भने सम्पर्क गरौँ ल हाम्रो काम सहज गर्ने हो, पहल गरौँला भनेर घोषणा गरेका छन । क्रान्तिकारी नेता जप्रेलले संकटका परेका विद्यार्थीलाई राज्यले सहयोग नगरे क्रान्तिकारीले सहयोग गर्ने बताए । क्रान्तिकारी नेता जप्रेलले जहिले पनि विद्यार्थीको हकहितका लागि काम गर्दै आएका नेता हुन ।

उनले विगतमा ग्याँस आन्दोलनदेखि विभिन्न विद्यार्थीको हक अधिकारका क्षेत्रमा काम गर्दै आएका थिए । विद्यार्थी नेता भएको नाताले विद्यार्थीको पीडामा सक्दो सहयोग गर्ने उनको प्रण छ । समस्यामा परेका विद्यार्थीको उद्दार, राहत एव उपचारका लागि सरकारी निकायसंग संगठनले पहल गर्ने उनको भनाई छ । संकटमा परेका विद्यार्थीलाई राज्यले नगरे क्रान्तिकारीले सक्दो पहल गर्ने बताउदै उनले आफु वा संगठनसंग सम्पर्क गर्न आब्हान गरेका छन ।

ताजा समाचार