कञ्चनपुर

बढ्दै गएको महामारी रोकथामका लागि प्रभावकारी लकडाउनको माग अघि सारेर कञ्चनपुरका युवाले प्रर्दशन गरेका छन । सोमबार कञ्चनपुरका विद्यार्थी युवाले जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गर्दै प्रशासनमा प्लेयकाड बुझाएका छन ।


विद्यार्थी अगुवा धिरज जोशीले कोरोना रोकथामका लागि प्रभावकारी काम नभएको भन्दै प्रशासनले जारी गरेको निषेधाज्ञा पालना नभएको भन्दै रोकथामका लागि माग अघि सारेका हुन । धिरज जोशी सहित पुरन घडेरी, निरन्जन ऐरी, शुशिल थापा, सुविन रावल सहितले भौतिक दुरी कायम गरेर प्रर्दशन गरेका छन ।








