समुदायमा कोरोना देखिन थालेपछि भीमदत्त नगरपालिका २ वडा कार्यालयमा बन्द


कञ्चनपुर

दोस्रो चरणमा देखिएको कोरोना खतरा भएपछि भीमदत्त नगरपालिकाले २ नम्बर वडाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ । आइतबार वडा समितिको निर्णयले अत्यावश्यक बाहेक सेवा बन्द गर्ने निर्णय गरेको हो ।

भीमदत्त नगरपालिका २का वडाध्यक्ष डम्बर सिह कार्की(डिके)ले दिनप्रतिदिन कोरोना फैलिन थालेपछि आधारभूत स्वास्थ्य सेवा बाहेक १७बैशाखसम्म वडाका सेवा बन्द गरिएको बताए । वडाध्यक्ष कार्कीले जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै कोरोना नियन्त्रणका लागि सेवा बन्द गरिएको बताए ।


ताजा समाचार

spot_img