दोधारा चाँदनीको सिमा क्षेत्रबाट नेपाल प्रहरीद्धारा अबैध कुखुरा र माछा बरामद


दोधारा 

दोधारा नगरपालिका क्षेत्रमा नेपाल प्रहरीले भारतबाट लुकीछिपी ल्याएका अबैध समान माथी थप कडाई गरेको छ् । नेपाल प्रहरीले सिमा क्षेत्रमा हुदै आएको तस्करीलाई पुर्णरुपमा रोक लगाउन थालेको छ् । ईलाका प्रहरी कार्यालयले भन्सार छलेर ल्याएका र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको निम्ती दोधारा चाँदनी नगर क्षेत्रको नेपाल–भारत सिमा क्षेत्र समेत थप कसिलो बनाउन थालेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरिक्षक भरत राज गिरीको कमाण्ड गएको गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजको जगबुडा नदी झोलुङ्गे पुल नेपाल–भारत सिमा क्षेत्रबाट अबैधरुपमा ल्याउदै गरेको झण्डै ५० केजी बोईलर कुखुरा र ५० केजी पंकज माछा बरामद गरेको छ् ।

बिरामीमा अवस्थामा रहेको बाईलर कुखुरा र सडने थालेको पंकज माछा दोधारा चाँदनीको सिमावर्ती भारतिय बजारबाट भित्र्यिाउदै गरेको अवस्थामा कञ्चनभोज क्षेत्रमा ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले जानकारी दिएका छन् । प्रहरीको गस्ती टोलीलाई देखेपछि माछा र कुखुरा छाडेर तस्करहरु फरार भएका बताईएको छ् । ‘दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमा क्षेत्रमा गस्ती गर्ने क्रममा भारतबाट अबैधरुपमा नेपाल भित्र्याउदै गरेको कुखुरा र माछा बरामद गरेका हौ’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज भट्टले भने । बरामद माछा र कुखुरालाई स्थानिय तथा जनप्रतिनिधीको रोहवरमा खाल्डोमा हालेर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले कोरोना संक्रमणलाई नियन्त्रण गर्न बिद्यालयहरु बन्द संगै दोधारा चाँदनी नगरपालिका संग जोडिएको भारतिय सिमा क्षेत्रमा आवत जावत पुर्णरुपमा बन्द गर्ने लगाएतका निर्णय गरेपनि सिमावर्ती भारतिय बजार देखी विभिन्न व्यवसायी समान तस्करी गरेर नेपाल ल्याउनाले भारतमा ब्याप्तरुपमा फैलिएको कोरोना संक्रमण फैलिरहेको एक थरीको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले दोधारा चाँदनी नगरपालिका कार्यालय गरेको भारत संग जोडिएको दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रमा आवात जावत ठप्प गर्न सबैमा अनुरोध गर्दै आएका छन् ।

‘भारतमा फैलिदै गरेको कोरोना नियन्त्रणको लागी दोधारा चाँदनी संग जोडिएको नेपाल–भारत खुला सिमा बन्द नगरे कोरोना संक्रमण दोधारा चाँदनी क्षेत्रमा डरलाग्दोरुपमा देखिने सम्भावना प्रवल रहेको छ्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । भारत संग जोडिएको दोधारा चाँदनी खुला सिमा क्षेत्र झण्डै ३५ किलोमिटर क्षेत्रमा फेलिएको हुदा साधान श्रोत संगै जनशक्तीको आभावमा निगरानी बढाउन केही कठिन हुदै आएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरिक्षक भरत राज गिरीले बताएका छन् । ‘कोरोना संक्रमण नियन्त्रण गर्ने कार्यमा हामी दिन रात आराम नगरि खटिदै आएका छौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरिक्षक भरत राज गिरीले भने ।


ताजा समाचार

spot_img