कञ्चनपुर

विमा गरेको एक महिनामै मृत्यू भएका विमितका परीवारलाई रिलायवल नेपाल लाईफ ईन्स्योरेन्सले चार करोड बरावरको विमा दावि भुक्तानी रकम हस्तान्तण गरेको छ । सामान्यतयाः मानिसहरूको बुझाइ के छ भने बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानीमा समस्या सिर्जना गर्छन् । तर, त्यो भ्रमलाई चिर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बुधवार चार करोडको भुक्तानी दिएको छ ।

कञ्चनपुर बेदकोट नगरपालिका–९, सुन्दरपुरका हरी प्रसाद पन्तको विमा गरेको एक महिनामै मृत्यू भएपछि उहाँकी श्रीमती परुदेवि पन्तलाई कम्पनीको नियम अनुसार बुधवार एक कार्यक्रमको आयोजना गरेर बीमा बापतको रकम चार करोडको चेक हस्तान्तरण गरिएको हो । बीमा भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, बीमा समितिको कार्यकारी निर्देशक राजु रमन पौडेल लगायतको उपस्थित रहेको थियो ।

बीमा रकम भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आम नागरिकमा बीमा रकम भुक्तानी गर्दैन भन्ने अविश्वास भएकोमा यसले त्यो अविश्वासलाई तोडेको बताए । कञ्चनपुरका हरि पन्तले २०७६ साल असोजमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमा बापतको रकम पहिलो किस्ता बापत सात लाख रुपैयाँ प्रिमियम तिरेका थिए । पन्तको बीमा गरेको एक महिनापछि २०७६ कात्तिकमा मृत्यु भएको थियो ।






