कञ्चनपुर प्रहरीको कमाउ धन्दा ! लागु औषध बोकेर नेपाल आएका भारतीय तस्कर भगाएर कार मात्रै बरामद


कञ्चनपुर

कञ्चनपुर प्रहरी नेतृत्वको गैर कानुनी रुपमा पैशा कमाउने धन्दा यसरी संचालन गरेका छन । जनतालाई छर्पष्टै थाहा हुने र आफ्नो संगठनलाई गुमराहमा राखिेर पैशा कमाउने धन्त्दा चलाईरहेको पाईएको छ । मोटो रकम लाईन अर्थात पैशा दिने तस्करलाई छुटदेखि हरेक मुद्दा मामलामा निमुखामाथि विभेद, शक्ति केन्द्रको भक्तिभाव चाकडी गर्दै आएको कञ्चनपुर प्रहरीले प्रहरीले अर्को ताण्डप गरेको छ । भारतबाट ठूलो परिमाणमा लागु औषध बोकेर नेपाल आएको एक भारतीय लागु औषधका तस्कर भगाएर उनीहरुको भारतीय नम्बर प्लेटकै सवारी साधन मात्रै बरामद गरेर भन्सार बुझाएर प्रहरीले अर्को नाटक रचेको छ ।

No description available.   गत चैत्र २९ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीबाट भारतीय नम्बर प्लेटको जिप बरामद भएको प्रहरी देखाएर जनतालाई मात्र नभई आफ्नै संगठनलाई गुमराहमा राखेको छ । यूके ०६एके३४३५ होण्डा कारमा ठूलो परिमाणमा लागु औषध जो समाजका लागि हानिकारक बस्तु बोकेर नेपाल आएको सवारी साधन र मानिस नियन्त्रण लिनुको साटो उनीहरुलाई छाडेर कार मात्रै बरामद गरेको छ । प्रहरीले लागु औषधका तस्कर भगाएर कार बरामद गरेको हो । प्रहरीले उक्त कारमा कति परिमाणमा लागु औषध बरामद भयो, कार भारतबाट उडेर आउँदैन कसैले चलाएर ल्याएको हो । तर, मानिस भगाएर कार बरामद काण्डले प्रहरीले ठूला महाशक्तिशाली तस्करबाट मोटो रकम घुस लिएर तस्करीमा संलग्न(मानिस छाडेर) निर्जिव बस्तु जसको जस्तो सुकै सदुपयोग वा दुरुपयोग गर्न सकिन्छ उसैलाई बरामद मात्रै गरेर सस्तो लोकप्रियता देखाउन खोजिएको छ ।

No description available.

कार बरामद मात्रै गरेर अनुचित व्यक्तिगत लाभ लिएर मानिस भगाएको घटनाले देखिन्छ । प्रहरीसंग यो कारमा कति मानिस थिए ? कति परिमाणमा लागु औषध थियो ? आदि प्रशन अनुत्तरित भएका छन । १५ लाखको कार सहित १७ लाख ६२ हजार बराबरको मुल्याङ्ग गरेर २ बैशाखमा भन्सार चलान गरेको छ । प्रहरीको कमाउने नीतिका कारण कञ्चनपुरमा राजस्व छलीका घटना बढिरहेका छन । यसैविच प्रहरीले ग्डाचौकी भन्सार आएर आएको भन्सार छलीको समान समेत बरामद गरेको छ । भन्सार छलेर आएको सुपप्र ०२००३६१ नम्बरको मोटरसाईकलमा २ लाख ६२ हजार २ सयको समान बरामद गरेर भन्सार बुझाएको छ । महेन्द्रनगर बजारमा भन्सार आएर आएका तस्करीका समान भन्सार वा नाका क्षेत्रमै भन्सार कटान छाडेर लाईन नलिएको झोकमा प्रहरीले समान मालिक र ओसार्ने मानिस छाडेर सवारी साधन र समान मात्रै बरामद गरेको छ ।

No description available.

प्रहरीले महेन्द्रनगर बजारबाट अवैध समान भन्दै बरामद घटनाले सीमा क्षेत्रमा रहेका प्रहरीले अन्य यूनिट, सशस्त्र प्रहरी भन्सार नै तस्करीमा संलग्न र तस्करी गराउन उद्यत रहेको पाईएको छ । कोरोनाले थलिएको कञ्चनपुरको अर्थतन्त्र धारासयी बनाउन प्रहरी, सशस्त्र प्रहरी भन्सारनै धन्दा चलाउन लागेको घटनाmे देखाउनछ । तस्करलाई सीमा क्षेत्रमै तह लगाएर भन्सार कटाउन लगाउनुपर्ने भएपनि भारतबाट भन्सार छलेर ल्याएको समान बजारबाट बरामदले सरकारी जिम्मेबारी निकायको उदाशिनता देखिन्छ । सशस्त्र प्रहरी र प्रहरीविच तस्करबाट पैशा अशुल्ने होडबाजीकै कारण तस्करहरु मौलाएको व्यवसायीको भनाई छ । तस्कर तह लगाउने नाममा रकम दिनेलाई छुट नदिनेलाई डण्डा बजाउने प्रवृतिका कारण तस्करी मौलाउँदै गएको छ । यसलाई प्रभावकारी दिगो रोकथामका लागि सबैलाई चासो समेत छैन ।


ताजा समाचार

spot_img