कञ्चनपुर

‘सस्कृति संरक्षण र पहिचान प्रवद्र्धन–हाम्रो अभियान’का साथ बडिमालिका एकता समाज कञ्चनपुरको कार्य समिति घोषणा तथा नयाँ बर्ष ०७८को शुभकामना आदान प्रदान गरिएको छ । शनिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच बडिमालिका एकता समाज कञ्चनपुरको कार्य समिति घोषणा तथा नयाँ बर्ष ०७८को शुभकामना आदान प्रदान गरिएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका लोक साँस्कृतिक नृत्य एव साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा बडिमालिका एकता समाज कञ्चनपुरको कार्य समिति घोषणा गरिएको थियो । समाजको अध्यक्षमा अफिलाल जोशी, उपाध्यक्ष डम्बर खडका, हर्क बहादुर खडका, सचिव नृग बहादुर शाह सुर्य सुनार, कोषाध्यक्ष संगिता शाह, सह सचिव खगेन्द्र रावल लगायतका २३ सदस्यीय कार्य समिति घोषणा गरिएको हो ।

कार्य समितिले आफ्नो लोक संस्कृतिको पहिचान संरक्षण प्रर्बद्धन गरिने प्रतिबद्धता जोहर गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश आन्तरिक मामता तथा योजनामन्त्री प्रकाश शाहले आफ्नो मौलिक लोक संस्कृतिको संरक्षणमा जोडदिदै प्रदेश सरकारका तर्फबाट सहयोगको बाचा गरे । एक कार्यक्रमका विच मन्त्री शाहको स्वागत गरिएको थियो ।










