उपमेयर आवास कार्यक्रम अन्तर्गत दोधारा चाँदनीमा २१ घर निमार्ण हुदै


दोधारा 

दोधारा चाँदनी नगरपालिकामा उपमेयर आवास कार्यक्रम अन्तर्गत घरहरु निमार्ण हुन थालेका छन् । चालु आर्थिक वर्षमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई उपमेयर आवास कार्यक्रम अन्तर्गत २१ वटा घर निमार्ण हुन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले जनाएका छन् । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाहरुलाई घर निमार्ण गर्न यस चालु आर्थिक वर्ष दोधारा चाँदनी नगरपालिका कार्यालयको उपमेयर आवास कार्यक्रम अन्तर्गत रु. ३४ लाख रकम बिनियोजन गरेको हो । दोधारा चाँदनी नगपालिकाका सबै वडालाई समेट्ने गरि आवासहरु निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले बताएका छन् ।

No description available.

‘आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाका घरपरिवारलाई छनौट गरि कार्यक्रम अघि बढाएका हौं’ दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले भने । गरिबलाई घर दिने उद्देश्यले थालिएको उपमेयर आवास कार्यक्रम संचालन गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीको नितान्तै आफ्नै पहलमा उपमेयर आवास योजना संचालन गरिएको बताईएको छ् । २१ घर निमार्णमा जम्मा रकम रु. ३८ लाख ११ हजार ३ सय ४४ कुल बजेट रहेको छ् । जसमध्य समुदायले रु. ४ लाख ११ हजार ३ सय ४४ रुपि“या ब्यहोर्नु पर्ने छ् भने, एक घर निमार्ण गर्न झण्डै रु. १ लाख ८१ हजार ४ सय लाग्ने भएको छ् । वडा नं. १ देखि ५ सम्मका वडाहरुमा भवनको जग निमार्ण कार्य भईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालय प्राबिधिक शाखाका प्राबिधिक बिरेन्द्र बुढाले बताएका छन् । बाँकी वडाहरुमा समेत भवनको जग निमार्ण कार्य थालिनी गरिने दोधारा चाँदनी नगरपालिका कार्यालय प्राबिधिक शाखाका प्राबिधिक बुढाले जनाएका छन् ।

‘हाम्रो आर्थिक अवस्था कमजोर थियो, राम्रो घर नहुदँ बर्षायाम धेरै समस्या भोग्दै आएका थियौं,’ स्थानिय मानमती नाथले भने । ‘राम्रो घर बनाउने रहर त थियो । तर आर्थिकका कारण बनाउन सकिएको थिएन् । अहिले दोधारा चाँदनी नगरपालिका उपमेयर आवास कार्यक्रम अन्तर्गत सहयोग पाउदा त्यो पुरा हुने भयो ।’ स्थानिय मानमती नाथले भने । उपमेयर आवास कार्यक्रम अन्तर्गत गरिबको घर बनाईदिने भएपछि स्थानिय नागरिकहरु निकै खुसी छन् । ‘राम्रो घर बनाउन हामी सकिरहेको थिएनौं । घर निमार्ण हुन थालेपछि घरमा खुशी छाएको छ्’ अर्का स्थानिय दलु सुनारले बताए । गरिबहरुको घर निमार्ण गरि सहयोग गरेको भन्दै स्थानिय दलु सुनारले उपमेयर चिनी ओझा गिरी र दोधारा चाँदनी नगरपालिका कार्यालयलाई बिशेष धन्यबाद दिएका छन् । कार्यक्रम अनुसार २ पक्की कोठा एक बरन्डा सहित कर्कट पातका घर निमार्ण गरिने योजना रहेको छ् । चालु आर्थिक वर्ष भित्रै उपमेयर आवास कार्यक्रम सम्पन्न गरिने लक्ष्य रहेको बताईएको छ् । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी लिए संगै जनतालाई घरघरमै सिंहदरबार आएको अनुभूति हुन थालेको भन्दै स्थानियहरुले उपमेयर आवास कार्यक्रमलाई निरन्तरता दिन माँग समेत गरेका छन् ।


ताजा समाचार

spot_img