कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिका १५ खैरभट्टीमा डे–नाईट क्रिकेट प्रतियोगिता हुने भएको छ । शिवपार्वती टोल विकास समितिको आयोजनामा बुधबारदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । शिवपार्वती टोल विकास समितिले नयाँ बर्ष ०७८ को अवसर पारेर बुधबारदेखि क्रिकेट प्रतियोगिता संचालन गर्न लागेका छ । शिवपार्वती टोल विकास समितिका अध्यक्ष बिरेन्द्र साउदले ग्रामिण क्षेत्रको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष साउदका अनुसार खैरभट्टीको लक्ष्मी माध्यामिक विद्यालयको प्राङगमा संचालन हुनेछ ।


जनप्रतिनिधीले प्रतियोगिताको उद्घाटन गर्ने अध्यक्ष साउदले बताए । ‘खैरभट्टी गाँउ बजारभन्दा नजिकको गाँउ हो, ‘उनले भने, ‘तरपनि यस क्षेत्रमा कुनै प्रतियोगिता भएका छैनन, हामीले यस पटक गर्न खोजेका छौँ ।’ अध्यक्ष साउदका अनुसार विजेता टिमलाई ५५ हजार, ५सय ५५ र उपविजेतालाई २५ हजार २सय २५रुपैया नगद पुरस्कारका साथै प्रमाण पत्र वितरण हुनेछन । हरेक प्रतियोगितामा मेच अफत म्याच पाँच सय पुरस्कार, मेन आफ त सिरिज ५ हजार र फेयर प्लेय, वेष्ट बलरलाई ट्रफिका साथै पुरस्कार वितरण गरिनेछ ।


अध्यक्ष साउदले भीमदत्त नगरपालिका र १९वटै वडाबाट टिम पठाउनका लागि पत्राचार गरेपनि कुनैपनि वडाबाट सहयोग नपाईएको दुखेसो पोखे । प्रतियोगिताका संयोजक शिशिर थापाले लिक चरणमा खेल खेलाईनेछ । उनका अनुसार १७टिमविच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक गाँउमा डे–नाईट क्रिकेट प्रतियोगिता हुने भएपछि स्थानीय हर्षित भएका छन ।







