बादी घरपरिवारको अवस्था बुझ्न नेपाल दलित संघ बडवाल टोलमा

दोधारा

बादी घरपरिवारको अवस्था बुझ्न नेपाली काग्रेंसका भातृ संगठन नेपाल दलित संघ दोधारा चाँदनीको एक टोली बडवाल टोल पुगेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलको बादी बस्तीको अवस्था संचारमाध्यममा खबर आउदै गर्दा नेपाली काग्रेंसका भातृ संगठन नेपाल दलित संघ दोधारा चाँदनीका सभापती कमल सुनार लगाएतको टोली हिजो अबेर साँझ बडवाल टोल पुगेका हुन् ।

बादी बस्तीको खानपान र बसाईको बारेमा जानकारी लिएको नेपाल दलित संघ दोधारा चाँदनीका सभापती कमल सुनारले बताएका छन् । बिगतका दिनहरुमा बडवाल टोल बस्दै आएका बादी घरपरिवार द्धन्द्धको बेला गाँउमा सन्त्रास बढेपछि भारत पलाएन भएका बादी घरपरिवार नेपाल सरकारले जग्गा उपलब्ध गराउने खबर पाएपछि फर्केका आएका हुन् । बडवाल टोलमा ३ घरपरिवार पाल टाँगेर सडक छेउमा बस्दै आएका छन् । उनिहरुको जग्गा पाउने पर्खाईमा छन् । बडवाल टोलको नजिक जगबुडा नदीको छेउमा सडकमा पाल टाँगेर बस्दै आएका ३ घरपरिवारको दैनिकी चलाउन समेत हम्मे हम्मे भएको छ् । उनिहरुलाई खान र बस्नको समेत निकै समस्या पर्दै आएको नेपाल दलित संघ दोधारा चाँदनीका नगर सभापती कमल सुनारले बताएका छन् । नगर सभापती सुनारले उनिहरुको लागी तत्काल खाद्यान्नको उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् । नेपाल दलित संघका टोलीले बादी घरपरिवारहरुलाई भेट गरि उनिहरुको समस्या र दैनिकीको बारेमा जानकारी लिएका छन् ।

बादी घरपरिवारको अवस्था बुझ्न नेपाल दलित संघका सभापती कमल सुनार, दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, नेपाल दलित संघ क्षेत्रिय सभापती पदम सुनार, नेपाल दलित संघ नगर सचिव निर्मला सुनार, कोषाध्यक्ष प्रकाश सुनार, सदस्यहरुमा हिरा सुनार, जसु तिरुवा लगाएतको टोली बडवाल टोल पुगेका हो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बादी घरपरिवारको अवस्था निकै दैनिय रहेको हुदा तत्कालै दोधारा चाँदनी नगरपालिकामा यस सम्बन्धमा छलफल गरिने बताएका छन् । उनिहरुको जग्गाको समस्याको बिषयमा केही दिन मात्रै दोधारा चाँदनी नगरपालिका कार्यपालिकामा समेत छलफल भएको नगर प्रबक्ता सिजालीको भनाई रहेको छ् ।

ताजा समाचार