मेसुको ध्यान कमिसनतिर बिरामीको ज्यान स्वर्गतिर

महाकाली अस्पतालको लार्पबाहीले कोरोना बिरामीको मृत्यु, मृतक पीडित परिवार आन्दोलित

कञ्चनपुर

अस्पताल प्रशासनको लार्पबाहीका कारण कञ्चनपुरमा एक कोरोनाका बिरामीको मृत्यु भएको प्रकरणमा अस्पताल प्रशासनमा पीडित परिवारले तालाबन्दी गरेका छन । भीमदत्त नगरपालिका १५ निम्खुबेडाका स्थानीय ४८ बर्षिया दल बहादुर चन्दको बुधबार बिहान मृत्यु भएको थियो । मृतक चन्दका परिवार आन्दोलित भएका छन । पीडित परिवारले अस्पतालका मेसु हरि कुमार श्रेष्ठ नेतृत्वको प्रशासनले लापर्बाही गरेका कारण चन्दको मृत्यु भएको भन्दै शुक्रबार अस्पताल प्रशासनमा तालाबन्दी गरेका हुन । उनीहरुले उपचारमा लार्पबाही गर्ने चिकित्सव एव स्वास्थ्यकर्मीमाथि कार्बाहीको माग अघि सारेर प्रशासन कक्षमा तालाबन्दी गरेका छन । तालाबन्दीका कारण अस्पताल प्रशासनको कामकाज ठप्प भएको थियो । महाकाली अस्पतालका प्रवक्ता नारद भट्टले तालाबन्दीका कारण केही समय कामकाज प्रभावित भएको बताए । उनका अनुसार हाल अस्पतालमा कोरोनाका १६जना बिरामी आईसोलेशनमा छन । गत बर्ष कोरोना महामारीको भयाभह हुँदा पनि चिन्तिक कोरोना बिरामीको उपचार गर्न सफल भएको महाकाली अस्पताल यस बर्षदेखि समान्य कोरोनाका बिरामीलाई उपचारमा चासो र ध्यान नदिदा भताभङ बन्दै गएको छ ।

मेसु श्रेष्ठ नै सरकारी अस्पताल सुधारको साटो निजीमा समयदेखि देखि अस्पतालमा बिरामीको उपचार भन्दा कमिसनमा लिप्त भएपछि अस्पतालमा नागरिकको अकालमै ज्यान गुमाउनु परेको मृतक पक्षको दावि छ । मेसु श्रेष्ठको ध्यान कमिसनतिर भएपछि बिरामीको ज्यान धमाधम स्वर्गतिर गईरहेको छ । मृतक चन्द भारतको गुजरातबाट फर्किएका थिए । वैदेशिक रोजगारीका लागि भारतमा रहेका चन्द २२ चैत्र अर्थात आईतबार महाकाली अस्पतालमा भर्ना गरिएको थियो । भारतबाट घर फर्किएका चन्द ग्डडाचौकी नाका भएर घर पुगेका चन्दलाई श्वाँस प्रश्वासको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको उनका भतिजा जनक चन्दले बताएका छन । ‘काकालाई श्वाँस प्रश्वासको समस्या देखियो, मैले नै दिउँसो १२ बजेतिर एम्बुलेन्स लगेर अस्पताल पु¥याएको हुुँ, चेकजाँच गरियो, ‘उनले भने, ‘आईसोलेशन जस्तो भनिएको हालमा हुलियो ।’

चारदिनसम्म बिरामी काकाले अस्पतालमा चिकित्सक एव स्वास्थ्यकर्मीलाई आफुमा देखिएको स्वास्थ्य समस्या बारे पटक पटक अनुरोध अनुनय गर्दा पनि केही वास्ता नगरिएको घर परिवारसंग बताएका थिए । ‘अस्पतालमा आफुमाथि परेको समस्या बारे काकाले स्वास्थ्यकर्मीसंग अनुरोध गरेको विषय घर परिवारसग भनेका थिए, ‘हामीले पनि अस्पतालमा ताकेता गरे, ‘तर केही वास्ता गरिएन, न त हामीलाई यहाँ निको हुँदैन, अन्त लैजानुहोस पनि भनिएन, त्यही राख्दा पनि उचित हेरचाह उपचार गरिएन ।’ महाकाली अस्पतालमा एक करोड खर्च गरेर निर्माण गरेको आईसोलेशन भवनमा हिरासत भन्दा बढि ज्यादती हुने भएकाले बिरामीले उपचार नपाएर मृत्युबरण गरेको मृतक परिवारको दुखेसो छ ।

मृतक चन्द परिवारले आफन्तको मृत्युको कारण खोज्दा त्यसको जवाफ समेत पाएको छैन । अस्पताल प्रशासनका प्रमुख निमित्त मेसु डा. हरि कुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले गैर जिम्मेबारीपन देखाएर पन्छीन खोजिएको पीडित परिवारको गुनासो छ । ‘हामीले काकाको मृत्यु बारे के कति कारण, लार्पर्बाही किन भयो, तपाईहरु कोरोनाका नाममा करोडौँ खर्च गर्दा पनि जनताले ज्यान गुमाउनुपर्ने कारण हो ? भन्ने जवाफ माग्दा समेत अध्यक्ष जोशीले मोवाईल स्वीचअफ गरेर सम्पर्क बाहिर छन, निमित्त मेसु श्रेष्ठले टालटुले जवाफ दिदै उपचार गरेको भने,तर उनले भने अनुरुप उपचार पाएको भए किन मृत्युबरण भयो ?’ महाकाली अस्पतालका डा. मनिस कुमार पाण्डेयले मृतक बिरामीलाई श्वाँस प्रश्वासको समस्या रहेको बताउदै हेरचाह गरेको दावि गरेका थिए । मृतक परिवार र प्रशासनविच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बाहिर भएकाले पछि छलफल गर्ने सहमतीमा बुधबार नै शवको सतगद गरिएको थियो ।

हिन्दुपरम्परा अनुसार सेनाले सलामी सहित घर परिवारको उपस्थितिमा अन्त्येष्टी गरिएको थियो । शुक्रबार पनि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोसंग पीडित परिवारले मृत्युमा लार्पबाही भएको भन्दै छानबिनका लागि माग गरे बमोजिम प्रजिअले आईतबार अस्पतालमा पत्र पठाउने आवश्वासन दिएपछि ताला खोलिएको थियो । पीडित परिवारले मृत्युको कारण, लार्पबाही गर्ने नेतृत्वमाथि कार्बाही र घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन । मृतक चन्दका तिन सन्तान छन । अकालमै ज्यान गुमाएपछि उनको परिवारम सन्नटा छाएिको छ । गत बर्ष कोरोनामा उत्कृष्ठ काम गरेको महाकाली अस्पताल यस बर्ष नेतृत्व नै सटरकाण्ड, क्यान्टिनकाण्ड, औषधी, कर्मचारी भर्नादेखि अस्पताल भित्र निर्माण हुने खरिद गर्नुेपर्ने स्वास्थ्य उपचार एव औषधीमा कमिसनमा लिप्त भएपछि सुधार हुँदै गएको अस्पताल फेरी भत्किन लागेको नागरिक समाजले चिन्ता व्यक्त गरेका छन ।

ताजा समाचार