पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न, मतगणना भोली

कञ्चनपुर

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न भएको छ। बुधवार सम्पन्न निर्वाचनमा ८६ प्रतिशत मत खसेको हो। दुई सय ५३ मतदाता मध्ये २ सय १७ जनाले भोट खसालेको जिल्ला निर्वाचन समिति कञ्चनपुरले जनाएको छ। यस पटकको निर्वाचनमा कञ्चनपुर शाखा बाट अध्यक्ष पदमा तिन जनाको उम्मेदवारी रहेको थियो।

No description available.

त्यस्तै दुई जना उपाध्यक्ष, महिला उपाध्यक्ष दुई जना, सचिवमा दुई जना, सहसचिवमा दुई जना, सहसचिव समावेशी तर्फ दुई जना, कोषाध्यक्षमा तिन जना, महिला सदस्यमा दुई जना, दलित सदस्यतर्फ दुई जना, आदिवासी जनजाति सदस्यमा दुई जना, अन्य सदस्यमा १८ जना, सदस्य केन्द्रीय परिषद्का लागी ७ जना र सदस्य प्रदेश परिषद्मा तिन जनाको उम्मेदवारी रहेको थियो। मतगणना भने भोलि (बिहीबार) बिहान ८ बजे देखी सुरु हुने जिल्ला निर्वाचन समिति कञ्चनपुरले जनाएको छ।

No description available.

ताजा समाचार