दोधारा

दोधारा चाँदनी नगरपािलकामा माईती नेपाल कञ्चनपुरले नगर स्तरिय सुरक्षित संजाल गठन गरेको छ् । ‘हाम्रो आवाज ः चेलीबेटी बेचबिखनबाट मुक्त समाज’ नारा सहित माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगर क्षेत्रमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको लागी नगर स्तरिय मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध सुरक्षित संजाल गठन गरेको हो । दोधारा चाँदनी नगरपालिकाका बिभिन्न ब्यक्तीहरुलाई समेटेर शारदा माध्यमिक बिद्यालयका शिक्षिका तथा अधिकारकर्मी खिमा चन्दको संयोजकत्वमा २१ सदस्यीय नगर स्तरिय सुरक्षित संजाल गठन गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।

संजालका सह–संयोजकमा पत्रकार पप्पु गुरुङ्ग, सदस्य सचिवमा अञ्जना राना रहेका छन् । यस्तै सदस्यमा दोधारा चाँदनी होटेल ब्यवसाय संघका अध्यक्ष राम बहादुर थापा, जमुना आधारभुत बिद्यालयका शिक्षिका तथा अधिकारकर्मी मथुरा पन्त, यातायातकर्मी उत्तम सुनार, महिला स्वयम्सेवीका शान्ती नेपाली, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका रामकृष्ण जोशी गरि २१ सदस्यीय नगर स्तरिय सुरक्षित संजाल गठन गरिएको हो । दोधारा चाँदनी नगरपालिका क्षेत्र भारत संग जोडिएको खुला सिमा क्षेत्र भएको कारण मानव बेचबिखन तथा ओसार पसार रोक्न सहयोगको लागी सुरक्षित संजाल गठन गरिएको बताईएको छ् । कार्यक्रममा नगर स्तरिय सुरक्षित संजालमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, जनज्याती माध्यमिक बिद्यालयका प्रधानध्यापक श्रीनाथ बराल, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल समेत सल्लाहकारमा समेत चयन गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । दोधारा चा“दनी नगरपालिका क्षेत्र नेपाल भारत खुला सीमा क्षेत्रका कारण मानव बेचविखनको उच्च जोखिममा रहेको र यसलाई नियन्त्रण गर्नका लागी नव गठित समितले सघाउ पु¥याउने कार्यक्रममा अपेक्षा लिईएको छ् । दोधारा चा“दनी नगर क्षेत्रको अवैध बाटोको प्रयोग गरी चेलिवेटीलाई प्रलोभनमा पारेर भारत तर्फ लैजाने कार्य रोक्नका लागि विभिन्न चुनौतीको सामना गर्दै कार्य अगाडि बढाउदै आएको माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले मानव बेचबिखन तथा ओसार पसारमा रोक्न सबैको दायित्व रहेको बताएका छन् ।

मानव बेचबिखन नियन्त्रणका लागी दोधारा चा“दनी नगरपालिका कार्यालय अन्तर्गत गठित मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिलाई सघाउ पुग्ने गरि माईती नेपाल कञ्चनपुरले सुरक्षित संजाल गठन गरेको दोधारा चा“दनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । मानव बेचबिखन बिरुद्ध लामो समय देखि क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले दोधारा चा“दनी नगर क्षेत्रमा महिला तथा बालबालिकाका लागी निकै उत्साहजनक कार्य गर्दै आएको बताउदै नगर प्रबक्ता दिल बहादुर सिजालीले नवगठित सुरक्षित संजालले मानव बेचबिखनलाई रोक्न थप सहयोग पु¥याउने अपेक्षा राखेका छन् । स्थानिय सरकारको आगमन पछि पहिलो पटक निमार्ण भएको दोधारा चाँदनी नगर क्षेत्रमा बेचबिखन रोक्न नगर स्तरिय सुरक्षित संजाल निमार्ण भएको बक्ताहरुले बताएका छन् । संजालले मानव बेचबिखन रोकथाम मूलक कार्यक्रम गर्ने, श्रम र यौन शोषण तथा बेचबिखनमा परेकाको जानकारी तथा सूचना आदान प्रदान गर्ने, सहयोग तथा सहकार्य गरी उद्धार पुनस्र्थापना गर्ने वा सघाउने काम गर्ने सुरक्षित संजाल दोधारा चाँदनीका नगर संयोजक खिमा चन्दले बताएका छन् । कार्यक्रममा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, दोधारा चाँदनी नगरपालिका नगर प्रबक्ता दिल बहादुर सिजाली, अधिकारकर्मी खिमा चन्द, मथुरा पन्त, जनज्योती माध्यमिक बिद्यालयका प्रधानध्यापक श्रीनाथ बराल, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका रामकृष्ण जोशी, पत्रकार पप्पु गुरुङ्ग लगाएत स्थानिय तथा सरोकारवालको सहभागिता रहेको थियो । नवगठित नगर स्तरिय सुरक्षित संजालका पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना सहित मानव बेचबिखन बिरुद्ध एक जुट हुन प्रतिबद्धता जाहेर गरिएको छन् ।
