कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका ८ मणिका टोलका गणेश भुलको गोठमा आज आगलागी हुदा तीन लाख ५० हजार बढीको क्षति भएको छ । गोठमा बाँधिको बाच्छीको आगलागीमा परेर जलेर मृत्यु भएको छ । गोठ पुरै जल्नुका साथै बोरिङपाईप, तयारी अबस्थाको सालको काठ, सिचाईका लागि गरिएको बायरिङ, प्यानल बोर्ड र अन्न सबै जलेर नोक्सान भएको पीडित भुलले बताए ।

‘घर निर्माणका लागि तयारी अबस्थाको रु दुई लाख बढीको सबै काठ गोठमै राखेको थिए’ उनले भने, ‘पुरै जलेर खरानी भएको छ ।’ वडा अध्यक्ष बहादुर सिंह महराका अनुसार नगरपालिकाको दमकल र स्थानिय बासिन्दाको सहयोगमा आगलागी माथि नियन्त्रण कायम गरिएको छ । समयमै आगलागी माथि नियन्त्रण कायम हुदा नजिकै रहेका अन्य घरहरु जोगिएका छन । आगलागीको कारण भने खुल्न सकेको छैन ।







