दुई वर्ष देखि महिला वेपता खोजी गरीदिन आमाको अनुरोध

कञ्चनपुर
सुन्दरपुर माइत घर भएकी मिना भण्डारी २ वर्ष देखि वेपता भएकी छिन् । बेल्डाँडी निवासी शस्त्र प्रहरी सँग मागी विवाह गरेकी भण्डारीको मानसिक अवस्था केही कमजोर भएपछि उनका श्रीमानले अर्को विवाह गरेका थिए । श्रीमानले अर्को विवाह गरे पछि माइत बस्दै आएकी मिना २०७५ माघ ३ गते आमा बुवा पहाड देउता पुजा गर्न गए पछि उनी पनि घर बाट निस्ककेको उनकी आमा पानमति भण्डारीले बताइन् ।

No description available.

उनलाई समय सयममा पहाडको विभिन्न क्षेत्रमा देखेको खबर स्थानिय बाट पाएको तर अहिले सम्म परीवारको सम्र्पक सम्म नपुगेको समाजिक सचेतना तथा विकास केन्द्र (सेड्स) की अध्यक्ष शुसिला विष्टले बताइन । उनका अनुसार बैतडीको खोडपे, बझाङ्गका विभिन्न स्थानमा देखिएको खबर पाए पछि त्यहाँ सम्म खोजी खबर गर्न जाँदा परिवारले अहिले सम्म भेटाएको छैन् ।

हराएको एक महिना पछि परिवारले प्रहरीमा समेत खोजीको लागि निवेदन दिए पनि अहिले सम्म कुनै सुईको सम्म समेत नपाएको आमा पानमति भण्डारीले बताइन । छोरी अहिले सम्म पनि जिवीत भएको र भेटिन्छीन भन्ने आश अझै नमरेको आमा बताउछिन् । कही कतै देखनु हुने अथवा पाउनु हुने महानुभावले नजिकको प्रहरी तथा उनको समाजिक सचेतना तथा विकास केन्द्र (सेड्स) को मोबाइल नं. ९८४८७४५९६०१६ मा सम्र्पक गरि दिन आमा पानमती भण्डारीले अनुरोध गरेकी छिन् ।

ताजा समाचार