वाईसियल कञ्चनपुर ब्यूँतियो : गैर कानुनी गतिबिधी बिरुद्ध आगो भएर सफाया दिने

कञ्चनपुर

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट(लिग) वाईसियल कञ्चनपुर ब्यूँतिएको छ । एमाले माओवादी एक हुँदा युवा संघमा परिणत भएको वाईसियल सर्वोच्चको फैसला पछि पुन ब्यूँतिएको हो । बुधबार वाईसियल कञ्चनपुरको जिल्लाको पुर्वी भूगोलमा आयोजित विस्तारित बैठकबाट वाईसियल जिल्लाका नेताहरुले संगठन फेरी ब्यूँतिएको घोषणा गरेका छन । वाईसियल कञ्चनपुरका अध्यक्ष शुचित्र शाहले तीन बर्ष अघि पार्टी एकिकरण हुँदा संगठन पनि एकिकृत भएको बताउदै फेरी राजनीतिक उतारचढावका कारण अहिले ब्ँयूतिएको बताए । उनका अनुसार संगठनले अन्य कम्यूनिष्ट घटकसंग पनि एकताका लागि तयार रहेको छ ।

No description available.

बैठकको प्रमुख आथिति वाईसियल केन्दीय सदस्य अर्जुन साउदले वाईसियल कञ्चनपुर ब्यूँतिसकेकाले गैर कानुनी राज्य बिरोधी भ्रष्टाचार लगायतका गतिबिमा संलग्नमाथि कार्बाही गरिने चेतावनी दिए । उनले वाईसियल हरेक गलत हर्कत बिरुद्धमा आगो बनेर सफाया दिन तयार रहेको भन्दै जिल्लाभरीका वाईसियल कञ्चनपुरका नेताहरुलाई इमान्दारितापुर्वका जनताको काममा खटिन आग्रह गरेका छन । शुचित्र शाहको सयोजकत्वमा ६१सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि विस्तार गरेको छ । बैशाख पहिलो साता पालिका भेला, सम्मेलन र अन्तिम साता जिल्ला सम्मेलन गरेर राष्ट्रिय भेलामा लागि केन्द्रीत हुनेछ । वाईसियल कञ्चनपुरले जिल्लाभरीका पालिकामा संयोजक इन्चार्जको जिम्मेबारी समेत दिएको छ ।

बेलडाँडी गाँउपालिका इन्चार्ज चेत बहादुर शाह, संयोजक दिपक खडका, बेलौरी नगरपालिका इन्चार्ज ओमजङ्ग शाह, संयोजक अर्जुन राना मगर, लालझाडी गाँउपालिका इन्चार्ज राम सिह चौधरी, संयोजक दिनेश राना, कृष्णपुर नगरपालिका इन्चार्ज दिपक पार्की, संयोजक अमर बुढा, शुक्लाफाँटा नगरपालिका इन्चार्ज तारादत्त अवस्थी, सयोजक प्रंकास सार्की, बेदकोट इन्चार्ज विधान चौधरी, भीमदत्त नगरपालिका इन्चार्ज तुल ब. थापा, संयोजक बलराम एसके, दोधारचाँदनी इन्चार्ज अकबिर दमाई, संयोजक भुपेन्द्र दमाईलाई जिम्मेबारी दिएको छ ।

पालिका इन्चार्ज एव संयोजकलाई बैशाख पहिलो साताभित्रै नगर भेला तथा सम्मेलन गर्नका लागि निर्देशन जारी गरेको छ । बैठकमा नेकपा माओवादी केन्दका केन्दीय सदस्यद्वय टेकेन्द्र प्रशाद भट्ट देविलाल चौधरीले देश र जनताका पक्षमा काम गर्न वाईसियल कञ्चनपुरका नेताहरुलाई निर्देशन दिएका छन ।

ताजा समाचार