कञ्चनपुर

काेराेना संक्रमणका कारण मृत्यु भएका वेदकोट नगरपालिका मा कार्यरत शिक्षा शाखा प्रमुख शंकर दत्त भट्टको परिवार लाई नेशनल लाईफ ईन्स्योरेन्स महेन्द्रनगर शाखाद्वारा रु. २ लाख ६१ हजार रकमको मृत्यु बिमा दाबि भुक्तानीकाे रकम शाखा कार्यालय महेन्द्रनगरले एक कार्यक्रमका बिच बिमितकाे पत्नि ज्ञानु भट्ट लाई हस्तान्तरण गरेकाे छ।

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिन किशोर भट्टले रु रु. २ लाख ६१ हजार बरावरको चेक हस्तान्तरण गर्नुभएको छ । बिमित शंकर दत्त भट्टले १७ बर्ष अगाडि ५० हजार काे र १० बर्ष अगाडि १ लाखकाे बिमा गर्नु भएको थियाे। बिमितकाे मृत्यु पश्चात् उहाकाे ईच्छाएकाे ब्यक्तिले साे रकम बुझ्नु भएको छ।

चेक बुझ्दै बिमितकाे पत्नि ज्ञानु भट्टले भन्नू भयाे , जीवन बिमाबाट प्राप्त उक्त रकमले परिवारलाई ठुलाे सहयाेग पुग्नेछ। जीवन बिमा सबैले गर्नु पर्ने रहेछ भन्ने कुराकाे महत्त्व बल्ल थाहा पाए । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी नेपालकै पहिलो र अग्रणी जिवनबिमा कम्पनि हाे।
