गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मेची महाकाली अभियान शुरु


कञ्चनपुर
मध्य नेपाल चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रगशाला निर्माणका लागि मेची महाकाली अभियान शुरु भएको छ । पश्चिम नेपाल कञ्चनपुरको महाकाली नदी तटिय क्षेत्र दोधाराचाँदनीबाट अभियानको शुरुवात भएको हो । मंगलबार एक कार्यक्रमका विच धुर्मुस सुन्तली फाउण्डेशनद्वारा आयोजित अभियानको उद्घाटन दोधाराचाँदनी नगरका मेयर बीर बहादुर सुनारले उद्घाटन गरेका छन । दोधाराचाँदनीका मेयर सुनारले राष्ट्रव्यापी अभियानमा नगरका तर्फबाट सहयोगको प्रतिबद्धता जाहेर गरेका छन । गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रगशालाका निर्मला एव धुर्मुस सुन्तली फाउण्डेशनका संचालक सिताराम कट्टेलले आर्थिक अभाव भएकै कारण संकलनका लागि मेची महाकाली अभियानको गर्न परेको बताए । सबै नेपालीलाई जोड्ने अभियान भएको बताउदै उनले पश्चिम महाकालीदेखि पुर्वमेचीसम्म अभियान संचालन गरिने बताए । ‘सबै नेपालीको चाहाना अनुरुप काम गरिरहेका छौँ, ‘उनले भने, ‘साझा भावना र एकताका लागि रंगशाला निर्माणमा जुटेका हौँ ।’

खेल मैदान मात्र नभई अवलोकनका लागि समेत रंगशाला निर्माण गरिरहेको बताउदै उनले धार्मिक, ऐतिहासिक रुपमा नेपालीलाई जोड्ने बताए । धुर्मुसले महाकाली, मेची र लुम्बिनीको माटो लिएर रंगशालामा राखिने बताए । ‘देशकै ७७ वटै जिल्ला र सातै प्रदेशका छुट्टाछुट्टैं स्टडियम र सबै प्रदेशको पहिचान हुने प्रतिक पनि राख्छौँ, ‘धुर्मुसले भने, ‘यो सबै नेपालीको साझा रंगशाला बन्नेछ ।’ अभियानको मुल उदेश्य आर्थिक सहयोग संकलन भएको बताउदै उनले डिपिआर अनुरुप ३ अर्ब ५५ करोड खर्च लाग्ने बताए । गत आर्थिक बर्ष २०७६÷०७७ देखि काम शुरु भएको थियो । १६ माघ ०७५ सालमा गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशन र भरतपुर महानगरपालिकाविच सम्झौता भएको थियो । अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप कुल २२ विगाह क्षेत्रफलमा निर्माण हुने रंगशालाको काम ३० प्रतिशत सकिएको बताउदै ४४ करोड खर्च भईसकेको बताए । एकै पटक १० हजार सवारी साधन पार्किङ्ग ३० हजार दशक क्षमताको हुनेछ । १ सय ३५ मिटर व्यासमा बन्ने मुख्य खेल मैदानबाट ३० हजार दर्शकबाट ठाँउ ठाँउमा एलईडी स्क्र्रिनबाट खेललाई नजिकबाट नियाल्त सकिनेछ ।

विश्वकै उदाहरणीय बहुउद्देश्यीय प्रकृतिको रंगशाला भित्र फुटबल, भलिबल, बाँस्केट, बास्केट बल, ब्याडमिन्टन, तेक्वान्दो, स्विमिङ्ग पुल, फिटनेश सेन्टर, मेडिकल कभर्ड हल सहित मौलिक खेल डण्डिबिओ जस्ता खेल खेलाईने मैदान निर्माण हुेनछन । खेल अभ्यासका लागि २ खेल मैदान समेत हुनेछन । रंङ्गशालामा विश्वभर क्रिकेटका लागि हस्तीका रुपमा चिनिने खेलाडीसंगै ओडिआई मान्यता प्राप्त देशहरुविच पं्रतिस्पर्धा गराईनेछ । देशभरी ७७वटै जिल्लामा छरिएर रहेका खेलाडीलाई छनौट गरि अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न एकेडेमीकै रुपमा विकास गराईनेछ । सबै जिल्लाको फरक फरक पहिचानका लागि ७७वटै कक्ष निर्माण हुनेछ । कोडिभका कारण नियमित काममा चुनौती थपिएको जनाईएको छ । निर्माण स्थल कार्यका लागि थप रकम सहयोग जुटाउने उदेश्यले व्यक्ति संस्था र समुहका लागि ‘हाम्रो रंगशाला मेरो नामको कुर्सी, निजी क्षेत्रको लागि भिआईपी टावर १ र २ भित्र फोर्पेरिट बक्स निर्माण गरिनेछ । भने सरकारी तथा निजी क्षेत्रमा लागि प्रदेश तथा जिल्ला कक्षमा नाम र प्रर्दबद्धनात्मक समाग्री राखिनेछन ।

आर्थिक अभावकै कारण देशव्यापी अभियानमा दौडिएको बताउदै उनले सबै क्षेत्रसंग सहयोगको अपिल गरे । ‘हामी घर घरमा जाँन्छौँ, ‘उनले भने, ‘एकातिर आर्थिक सहयोग अर्कातिर सबै नेपालीको अपनत्व हुने काम गछौँ ।’ क्रिकेटको बृद्धि विकासका साथै नेपाललाई खेलकुद पर्यटकीय रुपमा विकास गराउने चाहना भएको धुर्मुसको भनाई छ ।
कलाकारीता क्षेत्रमा रहेका धुर्मुस सुन्तलीलाई सरकारले सरसफाईदुत बनाएको थियो । ०७२ सालमा भुकम्प गएका बेलामा पनि धुर्मुस सुन्तलीले पीडितको उद्दारका साथै काँभ्रेको पहरी, सिन्धुपाल्चोकको गिरानचौर, महोत्तरीको बर्दिबास मसहर बस्ती, रौतहट सन्तपुरमा एकिकृत नमुना बस्ती निर्माण गरेका थिए । यसका साथै बीर अस्पताल सहितका क्षेत्रमा समाजिक कार्य गरेका थिए । धुर्मुस सुन्तली अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ सहयोग समिति कञ्चनपुरका सदस्य तथा शिक्षक बुद्धिजिवी उत्तम विष्टले कलाकारीता क्षेत्रबाट आएको नयाँ सोचविचार योजनाले देशको पहिचान गराउने र उक्त महाअभियानमा सबै नेपालीले सक्दो सदभव देखाउनुपर्नेमा जोडदिए ।

धुर्मुससुन्तली अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ सहयोग समिति कञ्चनपुरका संयोजक दिपक चालिसेले अभियानका दौराउनमा कञ्चनपुरका सरकारी कार्यालय, स्थानीय सरकार, विभिन्न क्षेत्रसंग सहयोगका लागि अपिल गरिने बताए । उनले नेपालकै ऐतिहासिक काम भएकाले सहयोग जुटाएर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अभियानकै दिनमा विभिन्न व्यत्ति, संघ संस्थाले आर्थिक सहयोग गरेका छन । सनसेट नेपालले समेत स्वागत गर्दै २१ हजार नगद आर्थिक सहयोग छ । सनसेटका तर्फबाट अध्यक्ष रमेश भण्डारीले २१ ह्जार, दोधारचाँदनी क्रिकेट संमितिका तर्फबाट ११ हजार र दोधाराका स्थानीय मिन ब. चन्द र खेमा चन्दबाट २१ हजार सहयोग पाईएको छ ।


ताजा समाचार

spot_img