कञ्चनपुर ,
धुर्मुस सुन्तली फाउण्डेशनलाई कञ्चनपुरका समाजसेवी मिन बहादुर शाहले आर्थिक सहयोग गरेका छन ।

चितवनमा अन्र्तरािष्ट्रय क्रिकेट रंगशाला निर्माणका लागि आजदेखि धुर्मुस सुन्तली फाउण्डेशनले संचालन गर्ने मेची महाकाली अभियान शुरुवातकै दिन शाहले आर्थिक सहयोग गरेका हुन ।

बेलडााँडी गाँउपालिका १ कञ्चनपुरका स्थानीय समाजसेवि एव उद्योगी शाहले ऐतिहासिक काम भन्दै नगद ५ हजार ५सय रुपैया सहयोग गरेका हुन ।
एक कार्यक्रमका विच शाहले धुर्मुस सुन्तली फाउण्डेशनका संचालक सिताराम कट्टेल
(धुर्मुस)लाई चेक रकम हस्तान्तरण गर्दै सहयोग गर्ने चाहना पहलेदेखि भएपनि आज प्रत्यक्ष भेट भएकाले आर्थिक सहयोग गरेको बताएका छन । ‘म सशस्त्र प्रहरी बल हलचोक काठमाण्डौँमा कार्यरत हुुँदा धुर्मुस सुन्तलीसंग उत्तै भेट भईरहन्थे, ‘शाहले भने, ‘उनको काम देखेर प्रभाव हुँदा केही सक्दो सहयोग गरेको हुँ ।’

शाह शसस्त्र प्रहरी बलका पुर्व कर्मचारी हुन ।
दक्षिण कोरियाबाट फर्किए भीमदत्त नगरपालिका ६ऐठपुरमा प्रतिभा ग्रिल उद्योगका संचालक हुन ।
खेलकुदप्रेमी समेत रहेका शाहले ऐतिहासिक नेपालकै खेलकुद क्षर््ोत्रको विकासको योजनामा साथ सर्मथन स्वरुप सहयोग गरेको बताए । धुर्मुस सुन्तली फाउण्डेशनले शाह नै आजको पहिलो सहयोगीदाता रहेको बताउदै अभार प्रकट गरको छन ।






