कञ्चनपुरका जातिय विभेद तथा रंङ्गभेद दिवस


कञ्चनपुरका 
कञ्चनपुरका आइतबार जातिय विभेद तथा रंङ्गभेद दिवस मनाईएको छ । दलित महिला संघ लगायतका विभिन्न संघ संस्था एव स्थानीय तहले ५६ औँ अन्र्तराष्ट्रिय जातिय विभेद तथा रंङ्गभेद दिवस मनाएको हो । भीमदत्त, बेदकोट, शुक्लाफाँँट, बेलडाँडीले दिवस मनाएका छन ।

सुदुरपश्चिम प्रदेश सभाका सदस्य मान बहादुर सुनारले जातिय बिभेद गर्नेलाई राज्यले कार्वाही गर्नेमा जोडदिए ।
जिल्ला समन्वय समितिका उपसंयोजक सानुमाया बुढथापाले सबैले यसका लागी पहल गर्नुपर्ने र हामी सबै मिलेर यस्तो कुसंस्कार हटाउनु पर्ने धारणा राख्नुपर्ने बताएका छन । महेन्द्रनगरमा कार्यक्रम संचालन स्वीट नेपालका अध्यक्ष तथा गैसस महासंघ कंञ्चनपुरका सचिव अमिर तिरुवाले गरेका थिए ।


ताजा समाचार

spot_img