कञ्चनपुर
शुल्क बृद्धिको विरोधमा उत्रिएका कञ्चनपुरका विद्यार्थी संगठनहरुले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीलाई कार्यालय प्रवेशमा निषेध गरेका छन्। यसैबिच विश्वविद्यालयको केन्द्रिय क्याम्पस इकाई कमिटिका ७ विद्यार्थी संगठनहरुले शुक्रबार एक प्रेश विज्ञप्ती जारी गर्दै केन्द्रीय विश्वविद्यालय कार्यालयका पदाधिकारीहरुलाई प्रवेश निषेध गरेको जनाएका
छन ।
अनेराश्ववियुका अध्यक्ष रोहित गजुरेल, नेविसंघका जिल्ला उपाध्यक्ष विक्रम बुढा, अखिल (कान्तिकारी) का अध्यक्ष गणेशराज मिश्र, अखिल (कान्तिकारी) का अध्यक्ष नागेन्द्र पन्त, अखिल (कान्तिकारी) का संयोजक अर्जुन विक, अखिल (छैठौं) का अध्यक्ष दिपेन्द्र कार्की, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका अध्यक्ष शंकर बोहराद्धारा हस्ताक्षरीत विज्ञप्तीमा विश्वविद्यालयको केन्दीय क्याम्पसका सबै विभागका लेखा शाखामा तालाबन्दी यथावत राखिएको जनाईएको छ ।
उनीहरुले विश्वविद्यालयले केन्द्रीय क्याम्पससहितका आंगिक क्याम्पसमा समेत बृद्धि गरिएको शैक्षिक शुल्क फिर्ता हुनुपर्ने माग गर्दै पदाधिकारीलाई निषेध गर्दै सवारीसाधन समेत नियन्त्रणमा लिएका छन्। नेकपा एमाले निकट अनेरास्ववीयूका केन्द्रीय सदस्य कमल रोकायाले विश्वविद्यालयका उपकुलपती अमरराज जोशी, निमित्त रजिष्टार गोविन्द बिष्ट लगायतका सबै पदाधिकारीलाई कार्यालय प्रवेशमा निषेध गर्दै उनीहरुले प्रयोग गर्ने सवारी साधनका चाबी समेत नियन्त्रणमा लिइएको बताए






